arrow

छथरलाई सदरमुकाम जोड्ने सडकले यथाशिघ्र पुर्णता पाउँछ : गुरुङ

तेह्रथुमममा जिल्लैभरि कांग्रेसको प्रचार अभियान

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७४ मंसिर २ शनिबार
gurung.jpg

तेह्रथुम। भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री, एवम् तेह्रथुमबाट नेपाली कांग्रेसकी प्रतिनिधि सभाकी उम्मेदवार सीता गुरुङले छथर गाउँपालिकालाई सदरमुकाम म्याङलुङसँग जोड्ने सडक निर्माणले चाँडै पुर्णता पाउने बताएकी छन् । जिल्लाको छुट्टै भुगोलको रुपमा छथर क्षेत्रलाई सदरमुकाम र पुर्वी आठराई क्षेत्रसम्म सिधा सडक सन्जालमा जोड्ने आफ्नो पुरानो उदेश्य रहेको भन्दै राज्यमन्त्री गुरुङले सो सडक खण्डको ट्रयाक ओपनसँगै लम्बु खोलामा पुल निर्माणको काम भइरहेको बताइन् ।  उनले पुल निर्माणमा ढिलाई भएको प्रति आफुले पटक पटक चासो राखेको र यथासिघ्र सम्पन्न गर्न निर्देशन गरेको बताइन् ।  

चुनावी अभियानका क्रममा छथर गाउँपालिकाका विभिन्न गाउँमा शनिबार भएको कार्यकर्ता भेटघाटको क्रममा बोल्दै काग्रेस नेतृ गुरुङले सो सडक खण्डको स्तरोन्नतिको कामलाई समेत आफुले प्राथमिकतामा राखेको बताइन् ।  उनले सो सडकको डिपीआर भइसकेको र आफुले कालोपत्रेका लागि पहल गरिरहेको समेत बताइन् । यस्तै सो क्षेत्रको नसीबोटे–हमरजुङ–पन्चकन्या–सुदाप–मच्छिन्द्र मावि सडकको समेत बहुवर्षे योजनाको रुपमा डिपीआर भइरहेको राज्यमन्त्री गुरुङको भनाइ छ । शुक्रबारे देखि जोडीसल्ला हुँदै दाँगपा बसन्तपुर सडक र म्याङलुङदेखि तमोर नदी हँुदै पाँचथर जोडिने सडकको समेत डिपीआर भइसकेकाले अब तेह्रथुमबासीले सडकमा सास्ती बेहोर्नुपर्ने दिन कम हुँदै गएको उनले बताइन् ।  राज्यमन्त्री गुरुङले आफुले चुनावी नारा मात्रै नबनाएर यसअगाडि समेत साँच्चिकै काम गर्ने प्रयत्न गरिरहेको यथार्थ छर्लङ्ग रहेको बताइन् ।  

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी गुरुङले जिल्लामा वर्षौदेखि बामपन्थीहरुले नेतृत्व लिइरहेको तर विकासमा खासै परिवर्तन नभएको यथार्थलाई चिर्न कांग्रेसका सबै उम्मेदवारहरु लाई विजयी गराउन आग्रह गरिन् ।  शनिबार छथर गाउँपालिकाका फाक्चामारा, पन्चकन्या र हमरजुङमा कांग्रेसको कार्यकर्ता भेटघाट तथा चुनाव प्रचार प्रसार कार्यक्रम भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगानाले संघीय लोकतान्त्रिक संविधान जारी भएपश्चात्को यो ऐतिहासिक निर्वाचनले कांग्रेस एक ढिक्का बनेको भन्दै कांग्रेसको नेतृत्वमा मात्रै संविधान कार्यान्वयन र प्रजातन्त्रको रक्षा हुनसक्ने जिकिर गर्नुभयो । चुनाव प्रचारका क्रममा फाक्चामारामा सिद्धिमान लिम्बुको संयोजकत्वमा १०१ सदस्यीय, पन्चकन्यामा मानबहादुर लिम्बुको संयोजकत्वमा १५१ सदस्यीय र हमरजुङमा कुलबहादुर लिम्बुको अध्यक्षतामा १ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति समेत गठन भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ