arrow

मधेशको दुश्मन एमालेलाई तह लगाउने बेला आएको छ : चौधरी

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
surendra_chaudhari.jpg

वीरगञ्ज ।  पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार सुरेन्द्र चौधरीले मधेशको दुश्मन एमालेलाई तह लगाउने बेला आएको प्रतिक्रिया दिएका छन् । शनिबार जिल्लाको बहुअर्वा भाठामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता चौधरीले एमालेले अहिलेसम्म मधेशमाथि देखाएको व्यवहारको लेखाजोखा गर्ने बेला भएको प्रतिक्रिया पनि दिए । 

चौधरीले नेपाल र नेपाली मधेश र मधेशीको लागि लड्ने कुनै पार्टी छ भन्ने त्यो नेपाली काँग्रेस मात्रै रहेको पनि बताए । प्रदेश सभाका उम्मेदवार युवा नेता जनार्दन सिंह क्षेत्री एमालेले मधेसी जनतासँग ठूलो बेइमानी गरेको आरोप लगाए । 

जब जब काँग्रेसले मधेसको मुद्धा लिएर जान्थ्यो त्यो बेला फेल गराउनै कम्मर कसेर संसदमा नाङ्गो नाच देखाएका कारण नेपाली काँग्रेसलाई मतदान गर्न उनले सबैसँग अपिल गरे । कार्यक्रममा पूर्व सभासद रामेश्वर रौनियार बहुदरामाई गाँउपालिका प्रमुख नितेन्द्र साह लगायतको उपस्थिती थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ