arrow

आउने चुनाव कांग्रेसको आस्थाको लडाई : महत

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
prakashsharan.PNG

काठमडौँ। नेपाली कांग्रेसका नेता एवम् काठमाडौं निर्वाचन क्षेत्र नं ५ का लागि प्रतिनिधि सभा उम्मेदवार डा. प्रकाश शरण महतले आगामी निर्वाचनलाई नेपाली कांग्रेसले आफ्नो आश्थाको लडाईंका रुपमा लिएको बताएका छन् ।
 
उनले भने, आगामी निर्वाचन अरु समयकोजस्तो सामान्य चुनाव होइन यसले नेपालमा लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनको पक्षपाति नेपाली कांग्रेसलाई विजयी गराउने कि देशमा एक दलीय कम्युनिष्ट शासनलाई मान्यता दिने भन्ने विषयको लडाईं हो । त्यसैले नेपाली कांग्रेसले यो निर्वाचनमार्फत कम्युनिष्ट तानाशाही व्यवस्थाविरुद्ध आफ्नो लोकतान्त्रिक मूल्यमान्यतालाई बिजयी गराई हाल देशमा कायम रहेको लोकतान्त्रिक संविधानको कार्यान्वयन गरी संघीय शासन व्यवस्थाको सुरुवात गर्न खोजेको महतले प्रष्ट पारे।

नेपाली कांग्रेस क्षेत्र नं ५ मा शनिबार आयोजित बुद्धिजिवी तथा पेशाकर्मीहरुको भेलालाई सम्बोधनगर्दै उनले भने, त्यसैले नेपाली कांग्रेसले भनेको छ यो निर्वाचन हाम्रो आस्थाको लडाईं हो हामीले विसं २००७ मा र त्यसपछि पनि पटक पटक ल्याएको प्रजातन्त्र र त्यसमार्फत स्थापित विधिको शासनलाई कम्युनिष्ट सर्वसत्ताबादबाट बचाउनका लागि लडिरहेका छौँ ।

महतले केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले अब नेपालमा कम्तीमा पनि ५० बर्षसम्म कम्युनिष्टले शासन गर्नेछन् भनी दिएको अभिव्यक्तिप्रति लक्षितगर्दै भने, हामी केही भन्दैनौँ यसबाट जनताले प्रष्टै बुझ्न सक्छन् कि अहिले नै ५० बर्ष शासन गरिन्छ भनेर घोषणा गर्नु कम्युनिजम हो कि होइन ?

नेपालका हरेक पटकका लोकतान्त्रिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेस बाहेक अरु कसैले गरेका छैन र संविधानका सभाको निर्वाचन र त्यसमार्फत संविधान लेखन मात्र नभई संविधान जारी गर्ने काम नै कांग्रेसको नेतृत्वमा भएको यथार्थ इतिहासलाई कसैले बंग्याउन नसक्ने तथ्य प्रस्तुत गर्दै महतले भने, त्यसैले अब यो संविधानको कार्यान्वयन र यसमार्फत संघीयताको स्थापनामा पनि कांग्रेस बाहेकको अर्को कसैले नेतृत्व गर्न सक्दैन र नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण पनि हुदैन ।

नेपालमा लोकतन्त्रको स्थापना, संविधान सभाको निर्वाचन र यसमार्फत संविधान लेखनका साथै महिला जनताति एवम् दलितहरुका अधिकारलगायतका क्षेत्रमा नेपाली कांग्रेसेकै नेतृत्वमा उल्लेखनीय कामहरु भएका भए पनि कांग्रेसले कहिल्यै आफ्ना कामको प्रचार नगर्ने गरेको तर कम्युनिष्टहरुले भने तीलजत्रो काम गरे पनि पहाडजत्रो प्रचार प्रसार गर्ने गरेका उनले बताए ।

उनले माओवादीलाई शान्ति प्रकृयामा ल्याई नेपालमा पहिलो पटक संविधान सभाको निर्वाचन गर्नेसम्मको अगुवाई कांग्रेसले गरेकाले यस पटकको निर्वाचनमा पनि आफु पहिलो पार्टी हुने अधिकार नेपाली जनता समक्ष राख्दछ भने । कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको सफल कार्यान्वयन र त्यसमार्फत संघियताको संरचना निर्माणका लागि अबको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्ने भन्दै नेपाली जनतासँग कांग्रेसलाई विजयी गराउन अपिल गरे।

महतले आफूले क्षेत्र नं ५ बाट प्रतिनिधित्व गर्न पाएमा यस क्षेत्रको विकासमा सशक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । काठमाडौँ क्षेत्र नं ५ धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसावले अत्यन्त समृद्ध क्षेत्र रहेकाले तिनको समयानकुल र आधुनिक विकास तथा विस्तारमा आफू सदैव लागिपर्ने प्रतिवद्धता पनि सो अवसरमा उनले व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ