arrow

‘दाङमा कांग्रेसको जित सुनिश्चीत छ’

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
dang1.jpg

दाङ । नेपाली कांग्रेसका नेताहरुले दाङमा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरु एकजुट भए काग्रेसले कुनै पनि हातमा नहार्ने बताएका छन । नेताहरुले स्थानीय तहको जस्तो नेताहरुमा आपसी मतभेद नभएको र अहिले प्रजातन्त्रवादी र कम्युनिष्टहरुको विचको लडाई भएकाले काग्रेसका नेता तथा कार्यकर्ताहरु एकजुट भएकाले आगामी निर्वाचनमा काग्रेसले नहार्ने बताएका हुन ।  

तरुण दल धर्नाले दलजितपुरमा आयोजना गरेको चुनावीसभालाई सम्वोधन गर्दै  काग्रेस क्षेत्र नं. १  प्रतिनिधिसभा शुसिला चौधरीले धर्ना क्षेत्रको विकास लागि नेपाली काग्रेसलाई मतदान गर्न मतदातासँग आग्रह गरेकी छिन । चुनावीसभालाई सम्वोधन गर्दै चौधरीले दाङमा काग्रेसको इतिहासलाई कायम गर्न मतदाताहरुसँग आग्रह गरेकी थिईन । नेपाल तरुण दल घोराही उपमहानगरपालिका–५ दाङले आयोजना गरेको चुनावीसभालाई सम्वोधन गर्दै चौधरीले भनिन् ‘धर्नाको विकासको जिम्मा नेपाली काग्रेसले लिन्छ ।’ धर्ना  काग्रेस नेता खुमबहादुर खड्काको गाउँ रहेको र यहाँ अहिलेसम्म काग्रेसले नहार्ने गरेको भन्दै आगामी निर्वाचनमा पनि काग्रेसलाई जिताएर इतिहास कायम गर्न अनुरोध गरिन । धर्नाको विकास लागि देउखुरीको रिहारहुदै डागीगाउँ जोड्ने सडक निर्माणदेखि सिचाई,खानेपानी,विद्युतलगायतका पूर्वाधारहरु निर्माण आफुले पहल गर्ने चौधरीको भनाई थियो ।  

त्यस्तै उनले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन महिला शसक्तिकरण,सिपमुलक तालिमलगायतका कार्यक्रमहरु ल्याउने बताएका थिए । सोही कार्यक्रममा क्षेत्र नं १(२)का प्रदेश उम्मेदवार जानकीलाल बस्नेतले धर्ना क्षेत्रका अधुरा अपुरा कामहरु पुरा गर्नका लागि नेपाली काग्रेसलाई जिताउन बिकल्प नरहेको बताए ।  निर्वतमान सांसद योगेन्द्र चौधरीले यो निर्वाचनलाई प्रजातान्त्रीक पक्षमा निर्वाचित बनाउनका लागि नेपाली जनता जागरुक हुनुपर्ने बताएका थिए ।  मुलकमा कम्युनिष्टहरुका कारण राजनीतिक अस्थीरता भैसकेकाले अस्थीरतालाई चिर्नका लागि प्रजातान्त्रवादीहरु एक हुनुपर्ने चौधरीले बताए ।बाम गठबन्धनले जनताहरुलाई प्रभको सृजना गरेर चुनाव जित्ने कोशिष गर्दै छन सभालाई सम्वोधन गर्दै  चौधरीले भने ‘तपाई कत्तिपनि बिचलित नहुनोस,प्रजातान्त्रवाद कमजोर छैन ।’

नेपाल तरुण दल धर्ना इकाई सभापति रोशन शाहको अध्यक्षतामा भएको चुनावीसभालाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली काग्रेस दाङका जिल्ला सभापति किर्तीबहादुर खडकालले मुलुकको शान्ति कायम गर्नका लागि नेपाली काग्रेसले जित्नुपर्ने बताए ।‘कम्युनिष्टहरुका कारण देश खतरामा पर्ने सम्भावना रहेको भन्दै उनले देशलाई खतरावाट जोगाउन काग्रेसका नेता तथा कार्यकर्ताहरु  एक हुनुपर्ने बताए ।  


 समानुपातिक उम्मेदवारहरु बिमला नेपाली,अर्जुनकुमार श्रेष्ठ,पुष्पा वादी,रावित्रा साना,नेपाली काग्रेस क्षेत्रीय सभापति भेषराज पाण्डे, नेपाली काग्रेस क्षेत्र नं ३का सभापति भुपबहादुर डागी,नेपाली काग्रेस क्षेत्रीय प्रतिनिधि कृष्ण केसी,धर्ना इकाई सभापति बिष्णुमणि दाहाल,महाधिवेशन प्रतिनिधि खड्गबहादुर विश्वकर्मा,नेपाल तरुण दल क्षेत्र नं. का सभापति किरण पौडेलगायतले आगानी निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारहरुलाई बिजयी बिनाउन मतदाताहरुसँग आग्रह गरेका थिए । तरुण दल धर्नाका सचिव ऋषिराज गिरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन प्रकाश नेपालीले गरेका थिए ।  त्यसअवसरमा रामप्रसाद चौधरी र पुष्कर नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।

त्यस्तै क्षेत्र –(क)का उम्मेदवार प्रदिप थापाले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन । गढवा गाउँपालिकाका विभिन्न स्थानमा पुगेर  थापाले मतदातासँग आफुलाई आगामी निर्वाचनमा विजयी बनाउन आग्रह गरेका थिए । त्यस अवसरमा मतदाताहरुले शिक्षा,स्वास्थ्य,सडक,विद्युत लगायतका पूर्वाधारहरुको आवश्यकता रहेको भन्दै निर्माणका लागि पहल गरिदिन उम्मेदवारसँग आग्रह गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ