arrow

गगन थापाले सार्वजनीक गरे ४ बर्षे कार्यकालको फेहरिस्त

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
gagan-thapa-rautahatGEDC1010.jpeg

काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको सूची आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं. ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्।

दस्ताबेजमा विकास निर्माणको विवरण, सांसद, संसदको कृषि तथा जलश्रोत समितिको सभापति, स्वास्थ्यमन्त्री हुँदा आफूले निर्वाह गरेको भूमिका उनले उल्लेख गरेका छन्।

काठमाडौं क्षेत्र नं. ४ मा भौतिक पूर्वाधार सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणको क्षेत्रमा आफू जनप्रतिनिधि भएपछि विनियोजन भएको बजेट र कार्यक्रमबारे उनले प्रस्ट्याएका हुन्। जानकारी ‘मलाई निर्वाचित गराएर पठाएपछि मैले गरेका सबै काम दस्तावेज नै बनाएर मतदाता समक्ष ल्याएको छु,’ थापाले नागरिकन्युजसँग भने, ‘यसले मतदातालाई अझ स्पष्ट पार्ने अपेक्षा गरेको छु।’

थापाको क्षेत्र काठमाडौं क्षेत्र नं. ४ को सडक निर्माणमा मात्र करिब सवा पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भएको देखिएको छ। सडक बाहेक स्वास्थ्य, शिक्षा, खेलकुद, सांस्कृतिक संरक्षण र पार्क निर्माणका लागि पनि सो क्षेत्रमा अर्ब भन्दा बढी बजेट विनियोजन भएर काम भइरहेको उनको दस्तावेजमा छ।

पूर्वाधार निर्माण शीर्षक अन्तर्गत अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयबाट बजेट विनियोजन गरेपछि सडक विभाग, सडक डिभिजन लगायत विभिन्न निकायले काम अघि बढाएका छन्।

त्यस क्षेत्रका सडकमा मात्र पाँच अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन भएर काम अघि बढेको देखिएको छ। धोविखोला करिडोरको गोपिकृष्णसम्म कालोपत्र गर्न र गोपिकृष्णदेखि चुनीखेल भद्रकालीसम्म ट्रयाक कोल्न करिब एक अर्ब रुपैयाँ विनियोजन भएर काम भैरहेको छ। पछिल्लो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएपछि विभिन्न मन्त्रालयबाट थप बजेट विनियोजन गराएको देखिएको छ।

काठमाडौं क्षेत्र नं. ४ मा मात्र साना ठूल गरी एक सय ५६ वटा योजना सञ्चालनमा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ  । सडक योजना अन्तर्गत काठमाडौं–४ मा रहेको साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सुन्दर बस्ती सडकको लागि  २८ करोड आठ लाख ६९ हजार रुपैयाँ विनियोजन भएर निर्माणको काम भैरहेको छ। कपन क्षेत्रमा मात्र १४ ठूला र २६ साना सडक योजना सञ्चालनमा छन्। धोविखोला कोरिडोर अन्तर्गत संखमुलदेखि गोपीकृष्ण, कालोपुलसम्म करिव ३५ करोड रुपैयाँ, गोपीकृष्णदेखि उत्तरतर्फ चुनिखेल भद्रकालीसम्म दायाँ–बायाँ पर्खाल लगाउन र ट्रर्‍याक निर्माण गर्न ६० करोड रुपैयाँ रहेको छ।

बुढानिलकण्ठ गाविसको वडा नं १०, ११, १२ मा पर्ने कपन क्षेत्रको सडक निर्माणमा अर्बौं रुपैयाँ विनियोजन भएको छ। ठेकेदारको लापरवाहीले समयमै काम नहुँदा ती आयोजना पूरा हुन ढिलाई भइरहेको हो।

गोपीकृष्ण हल सरस्वतीनगर भृकुटी चोक सडकका लागि सात करोड ४५ लाख रुपैयाँ, कपनकै सरस्वती मार्ग ज्योती बैंक साततले सडकको लागि एक करोड ८४ लाख, साततले भण्डारी गार्मेन्ट आकाशे धारा वालुवाखानी सुन्दरबस्ती सडकमा २८ करोड ८ लाख, आकाशेधारा राम मन्दिर कृष्ण मन्दिर सडकमा नौ करोड ३२ लाख, महाङ्काल भृकुटीचोक तेन्जिङ चोक फैका आनिगुम्बा कृष्ण मन्दिर चुनिखेल चपली  बुढानिलकण्ठ सडकमा ५७ करोड रुपैयाँ विनियोजन भएर निर्माण भैरहेको थापाद्वारा सार्वजनिक दस्तावेजमा उल्लेख छ।

कपन कृष्णमन्दिर चुनिखेल पौराणिकमार्गमा एक करोड, आनिगुम्बा कृष्ण मन्दिर उकालो ढलानमा एक करोड, कपन खरिबोट पैयुँटार शहिद पार्क सडकमा एक करोड लागतमा निर्माण भएको छ। सो सडकको लागि थप सात करोड ५६ लाखको लागत अनुमान भइ टेण्डर गर्ने तयारीमा रहेको छ।

साप्रेढुंगा च्यानेखोला चुनिखेल सडकमा एक करोड, बङ्लामुखी कपनटार जंगलादेवी सडक करिब ५० लाख रुपैयाँ, बङ्लामुखी कपनटार जंगलादेवी सडकमा करिब ५० लाख, बङ्लामुखी कपनटार जंगलादेवी सडक करिब ५० लाख विनियोजन भई निर्माण सम्पन्न भएका छन्।

साततले आनिगुम्बा ढल सहित सडकको १३ करोड, पञ्चकन्या चोक वासिकु वंदेली गिरिजाप्रसाद स्मृति शान्ति पार्क हुँदै तारेभीर सडकको लागि २१ करोड रकम विनियोजन गरेका छन्।

कृष्ण मन्दिर प्रहरी गण दारेगौंडा शहिद पार्क सडक, धोबिखोला कोरिडोर पाथिभरा देखि च्यानेखोला पुल सम्मको सडक विस्तारको लागि पनि विनियोजन गरेर काम भैरहेको काठमाडौं सडक डिभिजन कार्यालयले जनाएको छ । सुकेधारा न्यूकोलोनी, कुशलक मार्गको लागि एक करोड ५८ लाख, कपनमार्ग बुढानिलकण्ठ सडकमा आठ करोड ३७ लाख, सुकेधारा न्यूकोलोनी, रुद्रमति , निलोपुल सडकमा एक करोड ५४ लाख, सुन्दरबस्ती, चुनिखेल सडकमा चार करोड, कागज कारखाना माथिल्लो भंगाल सडक एक करोड, खहरे कृषि सडक एक करोड ५० रुपैयाा विनियोजन भएर काम भैरहेको उम्मेदवार थापाको दस्तावेजमा उल्लेख छ।

त्यसैगरी चुनिखेल क्षेत्रमा पर्ने गणेशचोक चुनिखेल, गाम्चा, कौडोल, सापाटार, जगडोल सडकको लागि ५२ करोड स्वीकृत भएर टेण्डर प्रक्रियामा रहेको छ । च्यानेखोला करिडोरको लागि तीन करोड ५० लाख, गणेश मन्दिर पुकुचा सडकमा एक करोड ५० लाख, चुनीखेल सापाटार सडक १३ करोड, बुढानिलकण्ठ पूर्व तौलिङ स्कुल देउवा चोकसम्म ११ करोड, पञ्चकन्या वासिकु बदेली तारेभिर २१ करोड बजेट विनियोजन भएको छ। त्यसैगरी गौशाला–चावहिल, चावहिल गोपीकृष्ण, मित्रपार्क गौरी घाट, मैतिदेवी लगायतका ठाउँमा करोडौंका योजना सञ्चालन भैरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ