arrow

उदयशमशेर राणाको चाहनाः भन्छन् –जनताको सेवा नै मेरो धर्म

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
uday-samser-rana.jpg.jpeg

ललितपुर । अर्थ राज्यमन्त्री एवं ललितपुर क्षेत्र नं १ का लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका उदयशम्शेर राणाले जनताको सेवा नै आफ्नो प्रमुख उद्देश्य रहेको बताएका छन् ।  

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा शनिबार गोदावरी नगरपालिका–५ लेलेमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनचाहनाअनुरुप विकासका कामसमेत प्रमुख एजेन्डामा रहेको बताए । 

“जनताले विकास र आर्थिक समृद्धि चाहेका छन्”–उनले भने । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट विजयी भएर विकासका कामलाई तीव्रगतिमा अगाडि बढेको उनको भनाइ रहेको थियो । मंसिरमा हुने निर्वाचनमा विजयी बनेपछि यहाँका हरेक समस्यालाई समाधान गर्ने उनको प्रतिबद्धता थियो । 

सोही वडाका अध्यक्ष मिलन सिलवालले विकासप्रेमीका रुपमा यहाँका जनताले उदय शम्शेरलाई चिन्ने गरेको बताए । 

हरेक दुःख सुखमा साथ दिने राजनेताको आवश्यकता रहेको बताउँदै आगामी निर्वाचनले त्यही अनुरुपको नेतालाई विजयी गराउन जनताहरु लालायित रहेको उनले उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ