arrow

एमालेलाई उमेदवार मान्छे होइन, लौरो चाहिएको रैछ: अशोक राई 

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
ashok-rai-news-aaja.jpeg

धरान। संघिय समाजवादीका नेता तथा पूर्व मन्त्री अशोक राइले निर्बाचनमा आफुले जितेको महसुस गर्न सक्ने पार्टी र उमेदवारलाई मात्र भोट दिएर जिताउनुपर्ने बताएका छन् । 

नेपाली काँग्रेस र संघिय समाजबादीको संयुक्त लोकतान्त्रिक गठबन्धनका तर्फबाट धरान उपमहानगरपालिका वडा नम्बर १२ चतरा लाइन स्थित चुनाब प्रचार प्रसार समितिको सम्पर्क कार्यालयको उद्घाटन समारोहमा बोल्दै राईले भने, ' हामि यस्तो पार्टीलाई जिताऔ , यस्तो उमेद्वारलाई जिताऔ, जहा उमेद्वार मात्रै होइन जनता पनि जित्दछन्  । जनताले जितेको महशुस गर्न  सक्दछन । ' 

बिगत छब्बीस बर्षमा या क्षेत्रमा पाच-सात जना उमेद्वारले जितेपनि जनताको जितमा रुपान्तरित हुन नसक्दा धरानको बिकाश र सम{द्दी रोकिएको उनले बताए। 

जनताको जित आफ्नो लागि सर्बोपरी रहेको बताउदै नेता राइले भने, ' हामी जागरुक छौ  । हामी प्रतिबद्द छौ  । हामी हाम्रो जितलाई व्यक्तिगत जित होइन  यस क्षेत्रको जनताको जितमा रुपान्तरित गर्ने छौ । नेपाली जनताको जीतमा रुपान्तरित गर्ने छौ । '

सुनसरी १ बाट पूर्व निर्बाचितहरुको भूमिकाको चर्चा गर्दै कुनै समय एमालेका पूर्व बरिस्ठ नेता समेत भइसकेका राइले भने, ' नेकपा एमालेले भन्छ , लौरो उठाएपनि जित्छु  । लौरो उठाउने क्रममा एमालेले धेरैलाई उठायो । निर्बाचनमा उठाउन एमालेलाई लौरो नै चाहिने रैछ । ” 

दोस्रो संबिधान सभाको निर्बाचनमा सुनसरी १ बाट निर्बाचित हुनुभएका पूर्व सभाषद कृष्ण कुमार राइको प्रसंग झिक्दै नेता राइले कृष्ण कुमार राई जस्ता विद्वान भलाद्मी मान्छेले लौरो उमेदवारले जस्तो भूमिका नगर्ने, आफनै बिबेकले काम गर्ने भएकाले एमालेले लौरो उमेद्वार उठाउने बताए। 

उनले भने, “उहाहरुले लौरो उठाउनु भएको हो कि के उठाउनु भएको म भन्न सक्दिन, म मेरा प्रतिस्पर्धीको सम्मान गर्छु । मैले त्यसो भन्दा चुनाब अमर्यादित हुन्छ ।  तर एमालेले त्यसो भन्ने गर्छ  । हामीले लौरो उठाएपनि जित्छौ  ।” 

एमाले नेता रेवती रमण भण्डारी इमानदार र बौद्दिक नेता भएकैले पाखा पारिएको भन्दै उनले एमालेलाई आफुले भने जस्तो मात्र काम गर्ने लौरो उमेद्वार नै चाइने रैछ उनले थपे ।   

नेपाली काँग्रेस  सुनसरी १ (क) प्रदेश सभा तर्फ प्रत्यक्ष उमेद्वार किशोर राइले धराने जनताले पानीको हाहाकारले काकाकुल हुनुपरेको बताउदै लोकतान्त्रिक गठबन्धनले जिते धराने जनताको खानेपानिको समस्या हल गर्ने बताए । 

उनले भने, “खानेपानि आयोजनाको बिरोध हुदा काँग्रेसको सभापतिको हैसियतमा  यहि किशोर राईले अगाडी सरेर आयोजना संचालनको लागि बाताबरण बनाएको हो  । आयोजना सफल पार्न धेरै कसरत गरेको हो । यो आयोजना जसरि पनि सफल हुन्छ  । म बाचा गर्छु  । हामी सफल पार्छौ  । धराने जनतालाई खानेपानीको हाहाकार हुन दिदैनौ  । 

“ आफुले जितेमा धरानलाइ नया मोडलमा बिकाश गर्दै मिनी हंगकंग बनाउने समेत बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ