arrow

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prakash-dahal.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ । 

उनको बिहान ६ बजे आसपास निधन भएको खवर आएको नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले पुष्टि गरे । 

उनलाई अचेत अवस्थामा बिहान काठमाडौंको नर्भिक अस्पतालमा ल्याइएको थियो । 

प्रकाशको निधन के कारणले भयो भन्ने यकिन भइनसके पनि हृदयघात नै भएको हुन सक्ने बताइएको छ । 

नर्भिक अस्पतालमा अहिले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको बाक्लो भिड लागेको छ । 

प्रचण्डसमेत झापाबाट हेलिकप्टरमा काठमाडौं आएका छन् । 

त्यसैगरी दिदी रेणु दाहालसमेत चितवनबाट आइरहेको बताइएको छ ।  

तनावमा थिए प्रकाश

माओवादी र एमाले गठवन्धन भए लगत्तै चुनावी माहौल गठवन्धनका पक्षमा देखिएपनि पछिल्लो समयमा माहौल लोकतान्त्रिक गठवन्धनको राम्रो वन्दै गएपछि प्रकाश तनावमा देखिन्थे।

प्रकाश निकट स्रोतका अनुसार पिताजी प्रचण्डलाई पनि चितवनमा लोकतान्त्रिक गठवन्धनका उमेद्वारले अप्ठयारो पार्ने अवस्था देखिएपछि उनी थप तनावमा देखिन्थे। 

प्रकाशको निधन तनावसँगै उत्पन्न हृदयघात वा अन्य कारणले भएको आशंका गरिएको हो। यद्यपी यसबारेमा थप विवरण अस्पतालले दिन चाहेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ