arrow

प्रचण्ड पुत्र प्रकाशको शरीरमा चोट, मृत अवस्थामा पुर्‍याइएको थियो अस्पतालमा 

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prakash-dahal.jpg

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको बताइएपनि उनको शरीरमा लागेको चोटका कारण निधन भएको आशंका चिकित्सकहरुले गरेका छन्।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि ल्याइएका प्रकाशको शरीरमा भेटिएको चोटका कारण उनको निधन भएको हुन सक्ने उनको अस्पताल स्रोतले जनाएको छ। 

विहान साँढे ५ बजेको आसपासमा अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याउँदा उनको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ। 

प्रकाशको शरीरमा लागेको चोटको कारण उनको निधन भएको आशंका चिकित्सकहरुले गरेका छन्। 

हृदयघातका कारण उनको निधन भएको भन्न सकिने अवस्था देखिएन अस्पताल स्रोतले भन्यो। 

तर उनको शरीरमा के कारणले चोट लागेको हो त्यो भने उनको उपचारका लागि ल्याएकाहरुले पनि नबताएको जनाइएको छ। 

प्रकाशको उपचार शुरु हुनु अघी नै चिकित्सकहरुले उनको  निधनको घोषणा गरेका थिए।

प्रचण्ड झापाबाट काठमाडौं आइसकेपछि उनको निधनको औपचारिक घोषणा हुने बताइएको छ। निधनको कारण समेत अस्पतालले परिवारको परामर्शमा सार्वजनिक गर्ने बताइएको छ। 

माओवादी कार्यकर्ताहरुको चाप अहिले अस्पतालमा बढेको छ। उनको निधनको समाचारले कार्यकर्ताहरु शोकमा रहेका छन्। कतिपयले उनको निधनमा षडयन्त्र भएको भन्दै छानविन हुनुपर्ने बताइरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ