arrow

प्रकाश निधनको खवरले स्तव्ध माओवादी केन्द्रका कार्यकर्ताहरु संचारकर्मीलाई थर्काउँदै 

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
nervic-maobadi.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको काठमाडौंको नर्भिक अस्पतालमा निधन भएपछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाल प्रहरीसंगै सशस्त्र प्रहरीको टोलीले अस्पताल परिसरमा सुरक्षा दिइरहेको छ । 

अस्पताल परिसरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, आफन्त, सुभेच्छुकसंगै अन्य दलका नेताहरुसमेत पुग्ने क्रम जारी छ । 

माओवादी केन्द्रका नेताहरु पम्फा भुषाल र रामबहादुर थापा बादल अस्पतालमा पुगेका छन् । 

त्यसैगरी एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि अस्पतालमा पुगेका छन् ।  

उनको बिहान ६ बजे आसपास निधन भएको खवर आएसंगै सुरक्षा दस्ता तैनाथ गरिएको प्रहरी उच्चस्रोतले जनाएको छ ।

प्रकाशको निधन के कारणले भयो भन्ने यकिन भइनसके पनि हृदयघात नै भएको हुन सक्ने बताइएको छ । 

विभिन्न शंका भइरहेकाले पत्रकार सम्मेलन गरेरै यसबारे जानकारी गराउन लागिएको अस्पताल स्रोतले जनाएको छ । 

उनलाई अचेत अवस्थामा बिहान काठमाडौंको नर्भिक अस्पतालमा ल्याइएको थियो । 

एमाले अध्यक्ष केपी ओली र प्रचण्डसमेत झापाबाट हेलिकप्टरमा काठमाडौं आएका छन् । 

यसैबीच, माओवादीका कार्यकर्ताले प्रकाशको निधनबारे समाचार दिएको भन्दै आक्रोश पोखेका छन् । 

उनीहरुले मृत्युको प्रमाण चाहियो भन्दै संचारकर्मीलाई थर्काइरहेका छन् । 

एक्कासी प्रकाशको निधन भएपछि कार्यकर्ता स्तव्ध भएका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ