arrow

प्रचण्ड पुत्रको निधनले चितवनमा लोकतान्त्रिक र कम्युनिष्ट गठबन्धनको चुनावी कार्यक्रम स्थगित

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
Chitwan_District.png

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएपछि चितवनमा कुनै पनि सभा समारोह नहुने भएको छ । 

चितवन क्षेत्र नम्बर ३ बाट प्रचण्ड आफै चुनावी मैदानमा छन् । स्थानीय नेताहरुका अनुसार काँग्रेसको लोकतान्त्रिक गठबन्धनले पनि क्षेत्र नम्बर ३ मा कुनै कार्यक्रम नगर्ने जनाएको छ । 

त्यसैगरी कम्युनिष्ट गठबन्धनले चितवन भर कुनै कार्यक्रम गर्ने छैन । 

मंसिर ५ गते विशाल शोकसभा गरेर पुनः निर्वाचनका कार्यक्रम अगाडि बढाइने समेत बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ