arrow

अस्पताल ल्याउनु ३ घण्टा अघी नै प्रकाश दाहालको मृत्यु भएको अस्पतालको दावी

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prakash-dahal1.jpg

काठमाडौं। प्रकाश दाहालको मृत्यु अस्पताल ल्याउनु अघी ३ घण्टा अघी नै भएको नर्भिक अस्पतालले जनाएको छ। 

अस्पताल प्रसासनले पत्रकार सम्मेलन गरेरै यो जानकारी गराएको हो। ५ वजेर ५० मिनेटमा अस्पताल ल्याइएका प्रकाश अस्पतालमा ल्याउँदा नै मृत्यु भएको अस्पतालले जानकारी गराएको हो। दाहाललाई अस्पतालले ६ वजे मृतक घोषणा गरेको हो। 

अस्पताल ल्याउनु ३ घण्टा अघी नै उनको हृदयघातका कारण मृत्यु भएको समेत अस्पतालले जनाएको हो। 

प्रचण्ड नर्भिकमा

मृतक छोराको पार्थिक शरीर हेर्न प्रचण्ड दुई छोरी सहित नर्भिक पुगेका छन्। जहाँ पहिल्यैदेखि प्रकाशका दुई श्रीमतीहरु वेहोस अवस्थामा रहेका छन्।

दाहालको अन्तिम संसकार आइतबार नै हुने
आइतबार बिहान मृत्यु भएका माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकासको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा पेरिसडाडाँमा राखिने भएको छ ।

बिहान मृत्यु भएका दाहालको शवलाई नर्भिक अस्पतालबाट पेरिसडाडाँ लगिने तयारी भइरहेको छ ।

हृदयघातबाट मृत्यु भएका दाहालका आफन्तहरु अस्पताल आउने क्रम जारी छ । 

माओवादी प्रवक्ता पम्फा भुसालले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार दाहालको अन्त्यष्टी समेत आइतबार नै गरिने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ