arrow

'सिआईडी'को आरोपमा एमाले कार्यकर्ताहरुले गरे पत्रकारमाथि हातपात

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
Journalist_Attack_press.jpg

मानङ। आसन्न निर्वाचनको रिपोर्टिङको क्रममा खटिईरहेका पत्रकार एवं नेपाल पत्रकार महासंघ, मनाङका उपाध्यक्ष नविन लामिछानेलाई रिपोर्टिङको क्रममा रहकै बेला  मंसिर १ गते साँझ ५ वजेतिर माथिल्लो मनाङस्थित मेस्याङ गाउँपालिकाको मनाङ भन्ने गाउँमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताहरुले हातपात गरेका छन्।

राष्ट्रिय समाचार समिति, जनता टेलिभिजन, हाम्राकुरा डटकम लगायतका समाचार संस्थाहरुका लागि रिपोर्टीङ गर्दै आएका लामिछानेलाई एमालेको चुनावी कार्यक्रमको तस्विर लिने क्रममा 'सिआइडी' को आरोपसहित हातपात तथा दुर्व्यवहार गर्दै क्यामेरा खोस्ने, तस्विरहरु मेटाउन लगाउने, समाचार संकलनमा अवरोध गर्ने र मनाङ नछोडे ज्यान लिनेसम्मको धम्की दिएको लामिछानेले बताएका छन्।  

उक्त दुर्व्यहवारको नेपाल प्रेश युनियनले भत्सर्ना गरेको छ। नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटीले प्रेश बिज्ञप्ति निकाल्दै भने - 'मनाङ जस्तो विकट हिमाली जिल्लाबाट अनेक अप्ठ्याराका वावजुद रिपोर्टीङ गर्दै समाजलाई सूसुचित गर्दै आएका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउने कार्य सिंगो पत्रकारीतामाथिको आक्रमण हो। सञ्चारकर्मीलाई स्वतन्त्रतापूर्वक समाचार संकलनमा वाधा नपुर्‍याउन तथा उपद्रो नगर्न आफ्नो पार्टी पङक्तिलाई निर्देशित गर्न एमालेलाई यसै वक्तव्य मार्फत युनियन सचेत गराउँछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ