arrow

आँखाकै अगाडि गुमाए प्रचण्डले २ सन्तान

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
rachanda_gyanu_prakasha.png

काठमाडौं । रोगको अगाडि कसको के नै लाग्छ र ? दुई दुई पटकसम्म प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मृत्युसँग आफ्ना सन्तानहरु छुटाउन भने सकेनन् । २०६२ ६३ साल पछि चुनावमा जित्दा वा नजित्दापनि शक्तिकेन्द्रमा रहेका प्रचण्डको शक्तिले रोग विरुद्ध भने लड्न सकेन ।  

२०६४ सालको निर्वाचनमा पहिलो स्थानमा पार्टीलाई पुर्याएर पहिलोपटक गणतान्त्रिक नेपालको प्रभानमन्त्री बनेका प्रचण्डले आफ्नै समर्थनमा एमालेका नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाललाई प्रधानमन्त्री दिए । त्यसपछि आफ्नै पार्टीका बाबुराम भट्टराई र आफ्नै प्रस्तावमा खिलराज रेग्मीलाई समेत प्रधानमन्त्री बनाएका प्रचण्डले पहिलो संविधान सभा र  दोस्रो संविधान सभाको निर्वाचनसम्म पनि आफ्नो शक्ति चलायमान बनाईराखे । 

दोस्रो संविधानसभा पछि पनि सुशील कोइराला नेतृत्वको सरकार बाहेक अरुमा प्रचण्डले नै सरकार बनाउने र ढाल्ने विषयमा महत्वपूर्ण भूमिका खेलिनै रहे । तर, अहिले प्रचण्ड दोस्रो पटक पारिवारिक शोकमा परे । त्यो पनि आफ्नै दुई सन्तान आफ्नै अगाडि गुमाएर । 

१० वर्षे जनयुद्धको क्रममा १७ हजार नेपाली जनताको नरसंहार गरेको आरोप खेपिरहेका दाहालले ४ वर्षको अन्तरमा नै दुई सन्तान गुमाउनु परेको हो । आफ्नो पहिलो सन्तानको रुपमा रहेकी जेठी छोरीलाई ४० वर्षको अल्पायुमा नै गुमाउनु परेको चोटमा मलम पट्टी लगाउन नपाउँदै आइतबार पुत्र प्रकाश निधनमा शोक मनाउनु पर्‍यो।

चुनावी यात्राको क्रममा बाबुको सहायक बनेका दाहालको आइतबार राजधानीको नर्भिक अस्पतालमा हृदय घातका कारण मृत्यु भयो । नेपाली राजनीतिमा विभिन्न कारणले चर्चामा रहिरहने प्रकाशको अन्तत आइतबार राजधानीमा दुखद् निधन भयो । यो सँगै प्रचण्डलाई चार वर्ष अगाडि लागेको चोटमाथि फेरि अर्को चोट थपिएको छ ।

दोस्रो पटक प्रधानमन्त्री बन्दा दाहालले पुत्र प्रकाशलार्इ नै शोकीय सचिव नियुक्त गरेका थिए । राजनीति तथा अन्य सबै काममा आफ्ना सहायकको रुपमा अगाडि ल्याएका प्रचण्डले अल्पायूमा नै आफ्ना सन्तानहरु गुमाउनु पर्‍यो । 

२०७० साल चैत्र १३ गते  श्वासप्रश्वासमा समस्या देखिए पछि राजधानीकै ओम अस्पतालमा भर्ना गराएकी जेठी पुत्री ज्ञानुलाई गुमाएका थिए । क्यान्सरबाट पीडित भएकी छोरीको उपचारका लागि अमेरिका र भारतका विभिन्न अस्पतालहरु घुमेका प्रचण्डको  लागि ०७० चैत्र १३ गते कालरात्रीका रुपमा प्रकट भयो । त्यो पीडा भुल्दै गएका प्रचण्डले फेरि मंसिर ३ गते फेरि अर्को बज्रपात सहनु पर्‍यो । एकमात्र पुत्र प्रकाशको असामयिक निधन । 

नेपाली राजनीतिक इतिहासको मूल स्थानमा २ पटकसम्म पुगेका प्रचण्डलाई भाग्यले कहिले माथि र कहिले तल झारी नै राख्यो । नेपालमा शान्ति स्थापनाका नायकका रुपमा लिइने प्रचण्डलाई निर्वाचनको मुखमा नै चर्को झड्का लाग्यो पछिल्लो समय राजनीतिक सहयात्री समेत बनेका पुत्र प्रकाशको निधनको खवर प्रचण्डको लागि जीवनभर मंसिर ३ दुखदायी पीडाको रुपमा रहने भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ