arrow

प्रकाश दाहाललाई एमालेको श्रद्धाञ्जली, पार्टीको कार्यक्रम स्थगित

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र तथा माओवादी केन्द्रीय सदस्य समेत रहेका स्वर्गीय प्रकाश दाहालको निधनप्रति नेकपा एमालेले श्रद्धञ्जलि अर्पण गरेको छ । आईतबार पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन कमिटी प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तीमा दाहालको आकस्मिक तथा असामयिक निधनबाट नेकपा एमाले स्तब्ध बनेको बताईएको छ । 

एमालेले दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड शोकाकूल परिवारजन र नेकपा माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न नेकपा (एमाले)को तर्फबाट आईतबार दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको जनाएको छ । 

घटनाको जानकारी पाउनासाथ पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ