arrow

राजेन्द्र महतोका निकटका राजपा युवा नेता माथि आक्रमण

गम्भीर अवस्थामा काठमाडौंमा उपचार चल्दै

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
Rajendra-Mahato.jpg.jpeg

जनकपुरधाम । राजपाका युवा नेता प्रकाश मिश्रा माथि शनिवार अबेर राति सांघातिक आक्रमण भएको छ । धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार राजपाका नेता राजेन्द्र महतोको चुनाव प्रचारमा सहभागी भएर घर फर्किने क्रममा रमण चोक नजिकै मिश्रा माथि चक्कु प्रहार भएको हो ।

उनको पेटको देब्रे भागमा चक्कुले आक्रमण गरिएको छ । गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ । घाईते मिश्राको अहिले नर्भिक अस्पतालमा उपचार भईरहेको छ । यसअघि जनकपुर अञ्चल अस्पतालमा  उनको उपचार सम्भव नभएपछि काठमाण्डौं ल्याईएको हो । राजपा नेता महतोले जनकपुर अञ्चल अस्पताल पुगेर मिश्राको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

अस्पताल पुगेका उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष तथा राजपा नेता शिवशंकर साह हिराले प्रकाश मिश्रा माथिको आक्रमण सम्पूर्ण पार्टी माथिको आक्रमण भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ