arrow

कांग्रेसले दियो प्रकाशलाई श्रद्धाञ्जली

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
nc-party-office.png

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र तथा माओवादी केन्द्रीय सदस्य समेत रहेका स्वर्गीय प्रकाश दाहालको निधनप्रति नेपाली कांग्रेसले  श्रद्धाञ्जलि अर्पण गरेको छ । आईतबार पार्टीका केन्द्रीय कार्यलयका  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा दाहालको आकस्मिक तथा असामयिक  नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको बताईएको छ ।

कांग्रेसले समवेदना दिदै विज्ञाप्तीमा 'नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायत सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।

स्वर्गीय प्रकाश दाहालप्रति नेपाली कांग्रेस हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।' भनेको छ ।

दाहालको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ