arrow

प्रकाश दाहालको निधनप्रति रैथाने परिषद् स्तब्ध

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prakash_dahal.jpg

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनप्रति रैथाने परिषद्ले शोक व्यक्त गरेको छ । आईतबार परिषद्का संयोजक सन्तोष बराईलीले विज्ञप्ती जारी गरी आफूहरु उनको निधनले स्तब्ध भएको बताएका हुन् । 

विज्ञप्तीमा भनिएकोे छ नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का सुपुत्र, नेकपा माओवादी–केन्द्रका केन्द्रिय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनबाट रैथाने एकता परिषद स्तब्ध बनेको छ । 

परिषद्ले नेपालको कम्युनिस्ट आन्दोलनमा अमूल्य योगदान दिएका अथक योद्धा प्रकाश दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको शोकसन्तप्त परिवार र आफन्तप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ