arrow

रौतहटका उम्मेदवारलाई घरदैलो गर्न भ्याईनभ्याई

दैनिक दर्जनौ कार्यकर्ता कांग्रेस प्रवेश

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
congress2.jpg

रौतहट। दोस्रो चरणको निर्बाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेकाको मतदातालाई रिझाउन भ्याई नभ्याई भएको छ । रौतहटको ४ नम्बर क्षेत्रमा  प्रमुख तीन पार्टी नेपाली काँग्रेस, कम्युनिष्टगठबन्धन र मधेशबादी दलको गठबन्धनका उम्मेदवारहरु घरदैलो, अन्तरिक्रया, कोडसभा गरिरहेका छन ।

४ नम्बर क्षेत्रमा चन्द्रपुर, गरुडडको २, ३, ४, ८, ९, गडिमाईको १, २, ३, ४, ५, ९ र बृन्दाबन नगरपालिका गरी ३१ वडामा ८५,६२३ मतदाता रहेका छन । क्षेत्रफल र मतदाताको हिसाबमा सबैभन्दा ठुलो क्षेत्रफलको रुपमा रहेको रौतहटको चार नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट देब प्रसाद तिमल्सिना, कम्युनिष्ट गठबन्धनबाट एमालेका डाक्टर बंशिधर मिश्र, मधेशबादी दलको गठबन्धन बाट राजपा नेपालका कन्थमणि जैयसवाल चुनावी प्रतिस्पर्धामा रहेका छन ।

तीनै प्रतिस्पर्धिहरु सबै मतदाताको घरमा आफना चुनावी एजेण्डा सहित पुगिरहेका छन । मतदाताको घरमा पुग्ने क्रममा नेपाली काँग्रेसप्रति आकर्षित हुनेको संख्या बढ्दै गएका छन् । आईतबार मात्रै बृन्दाबन नगरपालिकाको वडा नम्बर ७ सखुअवाधमौरा स्थित उतरी टोलका लालबाबु चौधरी, सिकेन्द्र चौधरी, भोजा चौधरी, परुहा चौधरी, उपेन्द्र चौधरी, नागेन्द्र चौधरी, बिनोद चौधरी लगायत पचाँस जना एमाले र माओबादी केन्द्र परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।

 उनीहरु सबैले नेपाली काँग्रेसका उम्मेदवार देब प्रसाद तिमल्सिनाको हातबाट अबिर र माला लगाएर पार्टी प्रबेश गरेका हुन । यस अघि चन्द्रपुर नगरपालिकाको नयाबस्ति, बेतौना, मङ्गलपुर बाट सयौको संख्यामा नेपाली काँग्रेसमा प्रबेश गरिसकेका छन । आफनो क्षेत्रमा उनी लोकप्रिय नेताको रुपमा चिनिएका छन । जनताको काम र दुख सुखमा साथ दिदै आएको स्थानीयबासिन्दा बताउछन ।  उता कम्युनिष्ट गठबन्धनका उम्मेदवार डाक्टर बंशिधर मिश्र ०४८  सालमा यसक्षेत्र बाट बिजयी भएर स्वास्थ्य राज्यमंन्त्रि समेत भैसकेका छन । उता मधेशबादी दलको गठबन्धन बाट राजपा नेपालका उम्मेदवार बनेका कन्थमणि जैयसवाल भने संसदिय राजनीतिमा नयाँ अनुहार हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ