arrow

स्याङ्जा काँग्रेसको चुनावी सभा तिब्र

घरदैलो देखि मतदाता भेटघाटमा उमेदवार व्यस्त

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ मंसिर ३ आइतबार

स्याङ्जा । दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेस स्याङ्जाले चुनावी सभालाई तिब्र पारेको छ । कार्यक्रम तालिका अनुसार स्याङ्जाका दुई क्षेत्रमा नेपाली काँग्रेसले चुनावी सभालाई तिब्रता दिएको हो । मतदान गर्ने समय नजिकिदै गर्दा काँग्रेसका प्रतिनिधि र प्रदेश सभाका उमेदवारहरु चुनावी सभा देखि घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहेका छन् ।

स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उमेदवार राजु थापा र प्रदेश (ख) का उमेदवार तुलसी गिरीले आँधीखोला गाँउपालिका स्थित बिचारी चौतारा र चिलाउनेबासमा चुनावी सभा सगै घरदैलो कार्यक्रम समपन्न गरेका छन् । चुनावी सभामा वोल्दै प्रतिनिधि सभाका उमेदवार राजु थापाले मुलुकको संक्रमणकालिन अवस्था काँग्रेसले जिते मात्रै हट्ने बताएका छन् । हरेक अफठ्यारमा मुलुकको काँध थाप्ने पाटी नेपाली काँग्रेस भएको भन्दै अव आर्थिक समृद्धिका लागि नेपाली काँग्रेसलाई विजयी गराउन मतदाता र कार्यकर्ताहरुलाई आग्रह गरे ।


क्षेत्रको विकासमा काँग्रेसले गरेको योगदानको चर्चा गर्दै काँग्रेसका युवा नेता समेत रहेका थापाले २०७० सालपछिको विकास निर्माणलाई मुल्याङ्कन गर्न पनि आग्रह गरे । प्रदेश सभा (ख) का उमेदवार तुलसी गिरीले नेपालमा धर्म र संस्कृतिको रक्षा गर्न काँग्रेसले जित्नुपर्ने बताए । लोकतन्त्रलाई संस्थागत र बलियो बनाउन काँग्रेसले नै जित्नु पर्ने बताउदै गिरीले आफु विजयी भएमा नेपालकै नमुना प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गरे । हरेक आन्दोलनको नेतृत्व गर्दै मुलुकको परिवर्तनको पहरेदार रहेको पार्टी नेपाली काँग्रेस जनताको सुख दुखको पाटी भएको गिरीको भनाई थियो । यता प्रदेश (ख) का उमेदवार नेपाली काँग्रेस स्याङ्जाका पाटी सभापति कमलप्रसाद पंगेनीले पुतलीबजारमा घरदैलो अभियानमा रहेका छन् । कार्यकर्ताहरु सगै उमेदवार पंगेनीले पुतलीबजारका विभिन्न वडाहरुमा घरदैलो अभियान सगै मतदाता सगँ भोट माग्दै पुगेका छन् । स्याङ्जाको समृद्धिका लागि काँग्रेसलाई विजयी बनाउन पंगेनीले आम मतदाता सगँ आग्रह गरेका छन् ।
 
स्याङ्जाका ४ प्रदेशका उमेदवारहरु अहिले चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् । उमेदवार मात्रै नभएर काँग्रेसका कार्यकर्ताहरु पनि चुनावी प्रचार प्रसारमा खटेर लागेका छन् । क्षेत्र नं. २ अन्तर्गत प्रदेश (क) का उमेदवार विष्णु पौडेल पनि चुनावी घरदैलोमा व्यस्त रहेका छन् । युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीले चुनावी मैदानमा खटाएकाले युवाहरुको समस्यालाई समाधान गर्ने पक्षमा आफु रहेको बताए ।

 मुलुकका खम्वा युवा नै भएकाले युवाहरुलाई रोजगारको वाटोमा लैजाने आफ्नो प्रमुख एजेण्डा रहेको पौडेलको भनाई छ । यता प्रदेश (ख) का उमेदवार नेपाल तरुणदलका अध्यक्ष भागवतप्रकाश मल्ल पनि चुनावी सभा र घरदैलोमा व्यस्त रहेको क्षेत्रिय सभापति ईश्वर खाँणले जानकारी दिएका छन् । गल्याङ नगरपालिका वडा नं. १० पकवादीमा चुनावी सभा र घरदैलो सम्पन्न गरेर चापाकोट नगरपालिका वडा नं. १ रोग्दीमा घरदैलो अभियान जारी रहेको बताइएको छ । पकवादीमा भएको चुनावी सभालाई सम्वोधन गर्दै प्रदेश (ख) का उमेदवार मल्लले युवा, महिलालाई रोजगारको वातवरण बनाई विकास निर्माणमा आफुले सदैव लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 विकास प्रेमीका रुपमा पिरिचित हुदै आएका मल्लले सम्भावना बोकेको यो प्रदेशमा काँग्रेस विजयी भएमा उज्यालो प्रदेश बन्ने बताएका छन् । अफठ्यारोमा मुलुकलाई बचाउदै आएको काँग्रेसलाई विजयी बनाउन मतदाता सगँ मल्लले आग्रह गरेका छन् ।

जिल्लाका दुई क्षेत्र र चार प्रदेशमा चुनावी सरगर्मी बढेको छ । सबैदलहरु कार्यक्रम नजुधाएर आ—आफ्नै शैलिमा शान्तिपूर्ण रुपमा चुनावी सभा र घरदैलो अभियानमा जुटेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ