arrow

पाँचथरमा भेटिएको शंकास्पद बस्तु बम हुन सक्ने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर ३ आइतबार
bomb.jpeg.jpeg

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ स्थित चतुरेमा आइतबार पुन शंकास्पद वस्तु फेला परेको छ । प्लाष्टिकमा तार सहितको जडान गरिएको उक्त वस्तु बम हुन सक्ने भएको भन्दै जिल्ला बाट सुरक्षा निकायको टोली उक्त स्थानतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरी निरीषक विज्ञान वस्नेतका अनुसार उक्त शकांस्पद वस्तु फेला परेपछि डिस्पोज गर्नका लागि चुनावका लागि खटिएका प्रहरी नायव उपरिक्षक महेन्द्र थापा,नेपाली सेनाको भैरवी दल गण ओदिन ब्यारेकको बम डिस्पोजल टोली खटेको छ । यसअघि पनि पाँचथरको फिदिम बजारमा एक हप्ता अघि जगबम फेला परेर डिष्पोज गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ