arrow

भ्रम छर्न त आउँदैन, विकास गर्न चाहिँ माहिर छु : शालिक पन्थी

logo
रमेश बिक,
प्रकाशित २०७४ मंसिर ३ आइतबार
shalik_panthi.jpeg

गुल्मी । गुल्मी क्षेत्र नं. २ प्रदेश सभा नं. १ मा नेपाली काँगे्रसका उम्मेदवार शालिकराम पन्थी चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा व्यस्त छन । उम्मेदवार पन्थी चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानको क्रममा आईतबार ईस्मा गाउँपालिकाको पालुखा, रातचौर, रातडाँडा र ताल्तुङ्गमा पुगे । अभियानको क्रममा मतदाताहरुको घरघरमा पुग्दा उनलाइ स्थानीयहरुले भब्य स्वागत गरेका थिए ।

मतदाताहरुसँगको संवादको क्रममा उम्मेद्वार पन्थीले अहिले जनताको मत खेर नजानको लागि नेपाली काँग्रसको चुनाव चिन्ह रुखमा भोट हाली नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । पन्थीले आफुले अरुले जस्तो जनतालाई झुठा भाषण र भ्रम फिजाएर चुनाव जित्नु नभएको भन्दै आफू झुट र भ्रमको खेतीबाट टाढा रहने बताए । उनले जति सुकै बाम तालमेल र गठबन्धन भएपनि नेपाली काँग्रेस साधै जनताको पक्षमा भएको कारण आफ्नो जित सुनिश्चित भइसकेको बताए ।

“मलाई त्यस्तो झुठा भाषण र भ्रम फिजाएर नक्कली काम गर्न पनि आउँदैन, मैले विकास निर्माणका कार्यलाई निरन्तरता दिन्छु र जनताको इच्छा विपरीत कुनै पनि काम गर्नु हुन्न भन्ने कुरालाई आत्मसाथ गर्छु” पन्थीले मतदाताहरुसँगको अन्तरक्र्रियामा भने । उनले आफू भ्रम छर्न होइन विकास गर्न माहिर भएको बताए ।

उनी आफु जहिले पनि जनताको काम र समाज सेवामा समर्पित भएको बताएका छन । उनले भने– “म अरु जस्तो चुनावको समयमा मात्र जनताको घरमा जादैंन, म जतिबेला पनि जनताको सेवामा समर्पित छु। म आफुले जहिले पनि जनतालाई आफु भन्दा ठुला मालिक ठान्दछु र म जनताको नोकर हँु ।” उनी लोकतन्त्रको रक्षा गर्न र गरिब जनताको उत्थानको लागी आफ्नो उम्मेदवारी बताएका छन् । उनले भने हामीले कम्युनिष्टले जस्तो भ्रमको राजनीति गर्न जान्दैनौ । हामीले जे गरेका छौं, त्यही मात्र बोल्छौ ।
 
उनले यस क्षेत्रको विकास, सम्मुन्ती र समृद्धिका लागि नेपाली काँगे्रस बाहेक अन्य कुनै पनि पार्टी नभएको दाबी गरे । उनले जनताको अधिकारको संरक्षण गर्ने, जनता र नेपाललाई सकारात्मक दिशातर्फ लैजाने काम नेपाली काँग्रेसले मात्र गर्ने भएकाले अहिले नेपाली काँग्रेसलाई जसरी पनि जिताउनु पर्ने बताए । उनले भने चुनाव हार्नु र जित्नु ठुलो कुरा नभएको भन्दै आफुले राजनीति सधै नैतिकता, इमानदारीता र जनताको सानिध्यमा रहि काम गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

उनले यस क्षेत्रको विकास निर्माणका कार्यहरु बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन। उनले जहिले पनि जनता सामू रहेर काम गर्ने र अरुले जस्तो भ्रमको राजनीति नगर्ने बताए। अरुले जस्तो खोक्रो राष्ट्रबादको नारा लगाएर हामीहरु नहिडेको बताएका छन । उनले कम्युनिष्टहरुलाई बास्तविक सङ्घर्ष के हो थाहा नभएको भन्दै बामपन्थीहरुले सद्बुद्धि प्राप्त गरुन भन्ने आफ्नो कामना भएको बताएका छन ।

अभियानको क्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष हरी बहादुर खत्री, नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भगतसिंह खड्का, पूर्व जिल्ला सदस्य चन्द्र महत नेविसंघ नेता रोशनसिंह ठकुरी लगायतको उपस्थित रहेको थियोे । उनले मतदाताहरुलाई भने बाम गठबन्धनले जित्यो भने देश खतरा तर्फ जाने कुरा बताए, अनि जनताले पाएका  हक अधिकारबाट जनता बञ्चित हुने कुरा समेत बताएका छन। अनि देशमा लोकतन्त्र शब्द पनि हराएर जाने बताएका छन् । अभियानको क्रममा उम्मेदवार समक्ष जनताले राखेका समस्याहरु उम्मेदवारले यथास्किय सम्बोधन गर्ने बताएका छन् ।

उम्मेदवार पन्थीले भने म जनताको प्रत्यक्ष नजिक भएर काम गर्न सक्छु, त्यसकारण जनताको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्नुस । विजय पश्चात आफु जनताको मत खेर गएको भन्ने अनुभूति हुन नदिने उनले बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ