arrow

माओवादी परित्याग गरि जिल्ला सदस्य सहित १० कार्यकर्ता काँग्रेस प्रवेश

कम्युनिष्ट गठबन्धनले समाज मा विभिन्न किसिमका भ्रम फैलायो : शाह

logo
सुशील भण्डारी,
प्रकाशित २०७४ मंसिर ३ आइतबार

अछाम ।  कम्युनिष्ट गठबन्धनले समाजमा विभिन्न किसिमका भ्रम हरु फैलाएकाले त्यस्ता भ्रमको पछि नपर्न प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवार पुष्प बहादुर शाहले  भैरवस्थान बासिन्दालाई आग्रह गरेका छन् ।  नेपाली काँग्रेस तुर्माखाद गाउपालिका वडा नम्बर ३ भैरवस्थानमा  भएको कोणसभा लाई सम्बोधन गर्दै पुर्व पाटी सभापति समेत रहेका शाहले कम्युनिष्टपंथी का झुटा आश्वासन को पछी नपरी अछाम जिल्लाको पुर्ण रुपमा बिकाश  गर्ने पाटी नेपाली काँग्रेस मात्र भएकाले नेपाली काँग्रेस लाई  जिताउन अनुरोध  गरे।

 जोगिराम बुढाको सभापतित्वमा भएको कार्यक्रम को विशिष्ट अतिथिको आशन बाट बोल्दै महाधिवेशन प्रतिनिधि तथा  अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ९क० प्रदेश सभा सदस्य प्रत्यक्ष उम्मेदवार सुरत बहादुर बिष्टले   नेपाली काँग्रेस लाई परास्त गर्ने शक्ति अहिले सम्म नेपालमा  नजन्मेको बताए । कार्यक्रममा बोल्दै उनले आगामि मंसिर २१ गते हुने  चुनावमा आफ्नो जित हाशिल भएमा अछाम जिल्ला को पुर्ण बिकाशका लागि आफू कट्टिबद्द रुपमा लाग्ने बताए ।

साथै कार्यक्रममा नेकपा माओवादिकेन्द्र  परित्याग गरि नेकपा  माओवादि केन्द्र जिल्ला सदस्य झंकर बहादुर बुढा सहित  १० जना नेकपा माओवादी केन्द्र का नेताकार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेकाछन । नेपाली काँग्रेसमा प्रवेश गर्दै जिल्ला सदस्य भण्डारीले आफु नेकपा माओवादी मा रहि रहदा नेकपा माओवादी का नेता हरुले आफ्नो गाउँठाँउ मा बिकाश गर्छु भनी विभिन्न किसिमका झुटा आश्वासन दिएर अहिले सम्म आफ्नो ठाउँमा कुनै किसिमको बिकाश नभएकाले आफु जनताको मर्म बुझ्ने ,बिकास गर्ने पाटी नेपाली काँग्रेसमा प्रबेश गरेको बताए  ।

कार्यक्रम मा प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार अम्बि थापा ,पुर्ब महाधिवेशन प्रतिनिधि कर्ण बहादुर बुढा ,पुर्ब जिल्ला कार्यसमिति सचिव वीर बहादुर शाही ,तुर्माखाद गाउपालिकाका अध्यक्ष पुष्प राज शर्मा ,उपाध्यक्ष अमृता बुढा ,नेबिसं जिल्ला सचिव बम बहादुर स्वार,नेपाल प्रेस युनियन जिल्ला सदस्य सुशील भण्डारी ,नेपाली काँग्रेस तुर्माखाद गाउपालिका संयोजक टेक बहादुर बयक,नेपाल तरुण दल पञ्चदेवल बिनायक नगरपालिका संयोजक रण बहादुर बिष्ट ,नेबिसं महाधिवेशन प्रतिनिधि कैलाली क्षेत्र नम्बर २ उपाध्यक्ष हृदय उपाध्याय,चन्द्र बहुमुखी क्याम्पस काठमाडौं नेबिसं नेता बसन्त भाट,लगायत को सहभागीता रहेको थियो ।शिबराज बिसिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गणेश बिसिले गर्नुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ