arrow

सिमा क्षेत्रको विकासमा प्रतिवद्ध छौ : आर्चाय

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
surendra-rajj-achryakapilvastu.jpg.jpeg

कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं २ का उम्मेदवारहरुले यशोधराको गाउंपालिकाको  मर्जादपुरमा स्थानीय जनतासंग भेटघाट तथा कोण सभा सम्पन्न गरेका छन् । कोण सभामा वोल्दै काँग्रेस कपिलवस्तु प्रतिनिधी सभाका उम्मेदवार सुरेन्द्रराज आर्चाय तथा प्रदेश सभा उम्मेदवार सुधाकर पाण्डेयले सिमा क्षेत्रमा रहेको खुनुका नामामा रहेको छोटी भनसार कार्यालयलाई व्यवस्थित र ठुलो भन्सार कार्यालय वनाउनको लागी पहल गरेको बताए ।

यस अघि पनि अर्थ मन्त्रालयमा भन्सारको विषयमा कुरा लगिसेकोले तत्काल उक्त कार्य हुनेमा स्थानीयलाई विश्वस्त रहन आग्रह समेत गरे । साथै नेपाल भारत सम्वन्ध सुधार तथा आपसी मेलमिलाप र विकासको लागी नेपाल सरकार र भारत सरकार विच छलफल गरी सिमामा विभिन्न भौतिक संरचना विकास गर्ने समेत उनिहरुले बताए ।

 उता सिमासम्म वाणगंगा सिचांई प्राणली र वैदौली सोमडिहमा महशैया वाध निर्माण तथा तटवन्धन गरी नियन्त्रण तथा सिंचांई व्यस्थित गर्न योजना पारेको समेत पुर्व सिंचाई राज्य मन्त्री सुरेन्द्र राज आर्चायले बताए । अर्घाखाचीको सन्धीखर्क देखी खुनुवा नाका सम्म व्यापर विस्तार गर्नको लगाी आफुले योजना वनाएको नेता सुधाकर पाण्डेयले बताए ।

 नेपाल भारतको सम्वन्ध लाई सुमुधुर राखी थप मेलमिलापका साथ विकासमा हातेमालो गर्न आफुहरु लागेको समेत पाण्डेयले उक्त अवसरमा वताए । सभामा काँगेरेस महाधिवेशन प्रतिनिधी परमात्मा पाठक , क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेय, मोल्वी हारुन, तौलिहवा उघोग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, पुर्व अध्यक्ष अनिल कुमार कशौधा वडा अध्यक्ष प्रकाश गैरे लगायतले विकासका बारेमा वोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ