arrow

काँग्रेसलाई जिताउन चुनावी रणनीति तय

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prasichan.jpg

बागलुङ। नेपाली कांग्रेस बाग्लुङ नगरपालिकाका अगुवा कर्याकर्तालाई चुनावी रणनीति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस बाग्लुङ नगरपालिकाको आयोजनामा भएको चुनावी रणनीति सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाली काँग्रेस बागलुङका पुर्ब उपसभापति जगदीशचन्द्र उपाध्यायले  अहिले निर्वाचनमा नेपाली काँग्रेसले जित्नुको विकल्प नरहेको बताए । उनले बामपन्थी दलहरुले मुलुकको लोकतन्त्रलाई सखाप पार्ने प्रयासमा लागेकाले लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेसले निर्वाचन जित्नुपर्ने उनले बताए ।

कार्यक्रममा काँग्रेस बाग्लुङका जिल्ला सदस्री वसन्त कुमार श्रेष्ठले आसन्न निर्वाचनमा सबै मतदान केन्द्रमा मतदातालाई ढुक्कसंग आफ्नो मताधिकारको प्रयोग गराउने बाताबरण मिलाउन कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागीको तर्फबाट  त्रिचन्द्र क्याम्पसका इकाई अध्यक्ष बिष्णु पौडेल, बाग्लुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी लगायतले बोलेका थिए  करिब डेढ सय नेता कार्यकर्ता सहभागी कार्यक्रम नेपाली काँग्रेस बाग्लुङ नगरपालिकाका  सभापति महेन्द्र आचार्यको अध्यक्षता बानपा १४ का सभापति कोपिलामणी शर्माको स्वागत र खडक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ