arrow

रोल्पामा ‘क्यान बम’सहित ५ विप्लव कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
bomb.jpeg

रोल्पा । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ५ जना कार्यकर्ता हतियार सहित पक्राउ गरेको छ । प्रहरी र सशस्त्र प्रहरीको टोलीले  जिल्ला स्तरका कार्यकर्तालाई पक्राउ गरेको हो ।

७ वटा ‘क्यान बम’ र ठुलो परिमाणमा विष्फोटक पदार्थ सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुर्दशन पन्थीले बताएका छन् ।

सुनछहरी गाउँपालिकाका हिमलाल पुन हिमाल, रोल्पा नगरपालिका –१० का धनबहादुर थापा र विर बहादुर वली पक्राउ परेका हुन् ।

त्यस्तै, सुवर्णावती ५ का मिनराम विष्ट र खड्क बहादुर केसी पनि पक्राउ परको  प्रहरीले जनाएको छ । सुवर्णावती ५ क्वाली गाउँबाट पक्राउ परेका उनीहरुको साथबाट ७ वटा बमसमेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार गत १ गते सदरमुकाम नजिकै माओवादी नेतालाई लक्षित गरि पड्काईको बम पनि यही प्रकारको भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ