arrow

विभिन्न पार्टी परित्याग गरी ३५० जना कांग्रेस प्रवेश

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
nepali-congress-flag.jpg.jpeg

तनहुँ । तनहुँका विभिन्न चुनावी कार्यक्रममा नेपाली कांग्रेस पस्नेको लर्को लागेको छ । विभिन्न चुनावी कार्यक्रममा ३५० बढी विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।

आँबुखैरेनी गाउँपालिका १ एनचोकमा संघीय समाजवादी फोरमका नेता एवं विद्यार्थी संगठनका सचिवालय सदेस्य तथा तमुवान प्रदेश इन्चार्ज किसन भुजेल नेतृत्वमा २०० बढी युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

भुजेल नेतृत्वको टोलीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका छन् ।

यसैगरी भानु नगरपालिका ५ को नाब्रुङ्ग र मैबलमा ११६ जना र भानु ६ मान्द्रेमा ३४ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेको कांग्रेसका युवा नेता नहकुल अधिकारीले जानकारी दिए । 

ती युवाहरुलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य गोविन्द्र भट्टराईले सदस्यता प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ