arrow

भट्टराई भेट्न आए, विक्रमले कार्यक्रम रोके, केपीले एक्लै पठाए प्रचण्डलाई काठमाडौं

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prachanda-kp-oli.jpg.jpeg

काठमाडौं।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो छोराको निधनको  खबर पाउँदा झापामा थिए। कम्युनिष्ट गठवन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओलीसँग हल वाँधेर प्रचण्ड विभिन्न कार्यक्रममा सहभागि भइरहेका थिए।

झापामा पनि शनिवार विएण्डसी अस्पतालको एक कार्यक्रममा दुवै नेता सहभागि थिए। त्यहाँबाट ‌ओलीले मेडिकल शिक्षामा भएको माफियाकरणको विरुद्धमा निरन्तर आवाज उठाउँदै आएका डा गोविन्द केसीको विरुद्धमा वोल्न भ्याए। केसीलाई पार्टी खोलेर आउन चुनौती दिए।

ओलीसँगै प्रचण्ड पनि शनिवार झापा बसे। झाापा बसाई सकेर काठमाडौं फर्कन नपाउँदै प्रचण्डले आइतवार विहानै अकल्पनीय खबर सुन्नुपर्‍यो। 

आफ्नो आँखै अगाडी हुर्केका छोराछोरी गुमाउनुको पीडा बाबुआमालाई कस्तो हुँदो हो। त्यस्तै पीडाको कुरा प्रचण्डले विहानै सुन्नु पर्‍यो। एक मात्र छोरा त्यो पनि अल्पायुमै निधन भएको खबरले प्रचण्ड अवाक भए। आँखाआाट आँसु झारिरहे। उनी काठमाडौं आउने तयारीमा लागे। 

प्रकाश दाहालको निधनको खबर डढेलो सल्कै झै फैलिएको थियो। विभिन्न मिडिया तथा सोसल मिडिया मार्फत भाइरल भइरहेको थियो। 

प्रकाश दाहालको निधनको खबर चितवनमा पनि पुग्यो। चुनावी प्रचारमा रहेका माओवादी कार्यकर्तारु सबै रोकिए। चितवन ३को चुनावी मैदानमा प्रचण्ड लोकतान्त्रिक गठवन्धनका विक्रम पाण्डे मैदानमा छन्। 

चुनाव प्रचारमा रहेका माओवादीहरु घरदैलो लगायतका कार्यक्रमलाई थाती राखेर हिडेपछि राप्रपाका उमेद्वार विक्रम पाण्डेले पनि आइतवारको कार्यक्रम स्थगित गरे।

लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका बाबुराम भट्टराई काठमाडौं अन्तिम श्रद्धाञ्जली अर्पण गर्नकै लागि आइपुगे। 

भट्टराई प्रचण्डकै पार्टीबाट चुनावी मैदानमा उत्रिएका नारायणकाजीसँग प्रतिष्पर्धामा छन्। 

मर्दा र पर्दा त चाहिने होनी छिमेकी रआफन्त। प्रचण्ड स्वयं शोकमा रहँदा चितवन र गोरखाका दुई उमेद्वारसँगै चितवन ३ का काँग्रेसका प्रदेश सभाका उमेद्वारहरुले पनि चुनावी कार्यक्रम स्थगित गरे राजनीतिक संस्कार देखाए।

तर स्वयं प्रचण्डसँग झापामै रहेका केपी शर्मा ओली भने साथी प्रचण्डको छोराको मृत्यु हुँदा पनि अन्तिम संस्कारको लागि काठमाडौं नआएर झापातिरै अलमलिएका छन्।

पार्टीको प्रचारमा लाग्नुपर्ने भन्दै ओली झापामै बसेपछि प्रचण्ड एक्लै छोराको अन्तिम संस्कारको लागि काठमाडौं आए। उनलाई काठमाडौंमा रहेका सबै नेताले भेटेर समवेदना दिए। तर ति सबै भेटमा ओली कतै नदेखिदा सबैको एउटै प्रश्न थियो सँगै चुनाव लड्ने तयारी गरेका दुईटा पार्टी एउटै बनाउने सम्मको सहकार्यमा हिडेका नेताहरु मध्य एकलाई यत्रो ठूलो वज्रपातमा केपी ओली किन आर्यघाटसम्म साथ दिन पनि आउन सकेनन्? 

आम नागरिकले गरेको यो प्रश्नको रेडिमेड उत्तर जे भएपनि चित्तबुझ्दो जवाफ भने कसैले पनि पाउन सकेनन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ