arrow

रामचन्द्र पौडेलको आब्हानः ‘कम्युनिष्टबाट लोकतन्त्र र देशलाई बचाऔं’

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा तनहुँको क्षेत्र नं १ प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवार रामचन्द्र पौडेलले कम्युनिष्टहरुबाट लोकतन्त्र र देशलाई बचाउन नेपाली कांग्रेसलाई जनताको साथ चाहिएको बताएका छन् । 
 
आइतबार आँबु गाउँपालिकाकोको  विभिन्न वडाहरुमा मतदाता भेटघाट तथा उम्मेदवार परिचय कार्यक्रमका अवसरमा नेता पौडेलले सो कुरा बताएका हुन् । 
 
उनले कम्युनिष्टहरु मतदाताहरुलाई तर्साउनका लागि भौतिक आक्रमणमा समेत उत्रिएको आरोप लगाउँदै मुलुकमा अधिनायवादी साम्यवादी शासन ल्याएर ५० बर्ष शासन गर्ने कुराले संसदीय व्यवस्थाप्रति उनीहरुको निष्ठा सकिएको पनि उल्लेख गरे ।
 
कांग्रेसले जनताको इच्छा अनुसार आवधिक निर्वाचनबाट जनादेश पाउने प्रतिनिधिमार्फत शासन चलाउने हालको व्यवस्थालाई स्थायीत्व दिन खोजेको तर कम्युनिष्टहरुले जनताका अधिकार खोसेर एकदलीय तानाशाही व्यवस्था लादेर सो पार्टीका नेताहरुको लहडमा शासन चलाउन खोजेको पनि स्पष्ट पारे ।
 
नेता पौडेलले तनहुँ जिल्लालाई कृषि र पर्यटनको नमुना जिल्ला बनाउने अवधारणा अगाडी ल्याएका छन् । 
 
पौडेलले तनहुँको व्यास–१२ छाब्दी वाराही आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गाउँमै बसौं , बसौं बनाउनको लागि आपूm राजनीतिमा लागेको र त्यसको कृषि र पर्यटनमा क्रान्ति ल्याउन लागेको बताए ।
    
‘मादी , सेती, कालिगण्डकी , म¥याङ्दी जस्ता पानी अथाह भएका ठुला नदी तनहुँको भूमिबाट बगिरहेको हुँदा त्यस पानीलाई आधुनिक प्रविधिले डाँडामा लगि कृषिमा क्रान्ति ल्याउने योजना मेरो छ ’ नेता पौडेलले भने ।
 
उनले १ सय ४४ मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना र तनहुँ जलविद्युत  कम्पनीले बनाउने अर्को १ सय ४ मेगावाट क्षमताको तल्लो सेती जलाशाय आयोजनाले तनहुँ जिल्लालाई समुन्नतिमा लैजाने बताए । 

उनले सिंचाई र कृषिको आधुनिक राष्ट्रिय कार्यालय दमौलीमा स्थापना गर्न पहल भई सकेको पनि बताए ।
 
व्यास–पराशर एकिकृत पर्यटन गुरु योजनाले धार्मिक पर्यटन साथै  प्राकृतिक रमणीय पर्यटन , सास्कृतिक पर्यटन, खेलकुद पर्यटनलाई विस्तार गरी कृषिको साथै पर्यटनमा क्रान्ति ल्याउन गाउँमै रोजगारी र सुविधा पुर्याएर गाउँमै बसौं–बसौं बनाईने नेता पौडेलले बताए ।
 
नेता पौडेलले तनहुँको अधिकांश भागमा मोटर बाटो पुगेको र त्यसलाई पक्कि गरी गाउँबाट विस्थापित हुनु पर्ने अबस्थाको अन्त्य हुन लागेको बताए ।  
 
शनिबार तनहुँको पार्टी कार्यालयमा नोपल शिक्षक संघ तनहुँद्धारा आयोजित बुद्धिजिवीहरुको भेलालाई सम्बोधन गदै बरिष्ठ नेता पौडेलले गाउँगाउँमा लोकतन्त्रको दियो बाल्ने शिक्षक, प्रध्यापक,वुद्धिजिवीहरु यस निर्वाचनमा लोकतान्त्रको रक्षक नेपाली कांग्रेसलाई विजयी गराउन विशेष भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
 
सो कार्यक्रममा उनले राजा,पञ्च र माओवादीको प्रताडना सहेर अगाडी बढेको नेपाली कांग्रेसलाई कुनै गठबन्धनले रोक्न नसक्ने दावी गरेका थिए ।
 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार शंकर भण्डारीले लोकतन्त्रको अभियानमा बाधक बनेकाले राणा राजा र पञ्च सकिए जस्तै लोकतन्त्र माथि धावा बोलेका बाम गठबन्धनको सकिने पालो आउको बताए ।
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार गोविन्द भट्टाराईले नेपाली कांग्रेसले सुरु गरेको विकासको अभियानमा माओवादी जनयुद्धको अड्चन सृजना नभएको भए मुलुक संमृद्ध भैसक्ने बताए ।
 
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं २ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलले बुद्धिजीवीहरु मौलिक हक, लोकतान्त्रिक शासन पद्धतिको विपक्षमा जान नसक्ने विश्वास व्यक्त गर्दै यो निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन सक्रिय रुपले लाग्नुपर्ने बताए ।
 
कार्यक्रममा जिल्ला सभापति बैकुण्ठ न्यौपाने, पुर्व मन्त्री अमरराज कैनी,पुर्व सांसद रामचन्द्र पोख्रेल, योजना आयोगका पुर्व उपाध्यक्ष डा। जगदिशचन्द्र पोख्रेल, डिएलएका पुर्व अध्यक्ष यदुनाथ खनाल, प्रजातान्त्रवादी प्रध्यापक संघका केन्द्रीय अध्यक्ष जगत तिमल्सेना, प्रदेशसभा समानुपातीक उम्मेदवार लक्ष्मि आचार्य सरिता गुरुङ्ग, डोबाटे वि।क लगायतकाले मन्तव्य राखेका थिए ।
 
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कमलभक्त पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव पदम खनालले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष रस्सा गुरुङ्गले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ