arrow

भागदौड मच्चिंदा कम्तिमा १५ जनाको ज्यान गयो 

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
morocco1.jpg

काठमाडौं । मोरक्कोमा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

एसुएरा प्रान्तको सिदी बोउलालम शहरमा राहतमा आएको खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा एक्कासी भागदौड मच्चिएपछि ठूलो संख्यामा हताहती भएको हो ।

घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । 

ज्यान गुमाउने तथा घाइते हुनेमा धेरैजसो महिला र बृद्धबृद्धा रहेको स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

जिनी संस्थाले बाँडेको उक्त खाद्यान्न लिनका भएको भागदौडको खास कारण खुल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ