arrow

भार्तेमा काँग्रेसको भव्य कार्यक्रम

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
3_(1).jpg

लमजुङ । नेपाली कांग्रेस लमजुङका प्रतिनिधि सभाका उम्मेदवार दिलबहादुर घर्ती र प्रदेश सभा (क)का उम्मेदवार गर्जबहादुर गुरुङ तथा (ख)का उम्मेदवार कृष्णप्रसाद कोइराला आफ्नो प्रचार अभियानलाई तीव्र बनाइरहेका छन् ।  

प्रतिनिधिसभाका उम्मेद्वार दिलबहादुर घर्तीले दोर्दी गाउँपालिका वडा नं १ भारतेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसले सबै राजनीतिक पद्धति भएको संविधान ल्याइसकेकोले अब देशको पूर्वाधार र आर्थिक विकासमा मात्र केन्द्रित हुने बताए ।

उनले कम्युनिष्टहरुको ध्यान जनताको समृद्धिमा नजाने भएकोले उनीहरुले पुनः कार्यकारी राष्ट्रप्रमुखको कुरा उठाएर देशलाई राजनीतिक उल्झनमै अल्मल्याउन चाहेको उल्लेख गरे ।

“हत्या हिंशा रोक्नु, गरिबलाई धनी बनाउनु, आर्थिक सम्बृद्धि बनाउनु अबको मुख्य लक्ष्य हो,” उनले भने,“यो काम कांग्रेस बाहेक अरुबाट संभव छैन।” 

उनले लमजुङको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको बताए ।

काँग्रेस लमजुङ प्रदेश (क) का उम्मेद्वार गर्जबहादुर गुरुङले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । “यस क्षेत्रको विकास मेरो जिम्मेवारी हो,”– उनले भने । 

चुनाव जितेर पैसा कमाउनभन्दा पनि पूर्वी लमजुङको विकास गर्नका लागि आफ्नो उम्मेद्वारी भएको नेता गुरुङको भनाई थियो । 

उनले लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताए ।  

नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले कम्युनिष्ट एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताए । 

“कम्युनिष्ट गठबन्धनको नाममा काँग्रेसले निर्माण गरेको संविधान कार्यान्वयन हुन नदिन केही दलहरु लागेका छन्, त्यसैले पनि काँग्रेसको विजय गराउनु आवश्यक छ,”– उनले भने । 

कार्यक्रममा पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, पूर्व सांसद उमेश श्रेष्ठ, महाधिवेशन प्रतिनिधी डा टकराज गुरुङ, समानुपातिक उम्मेद्वार कोपीला विश्वकर्मालगायतले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेकोमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ