arrow

योग्य उम्मेदवार मै हुँ, नेमकिपाले मलाई समर्थन गरे हुन्छ : ढुङ्गाना

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
daman_nath_(1).jpg

भक्तपुर । नेपाली काँग्रेसका नेता तथा भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार दमननाथ ढुङ्गानाले देशको अस्थिरता हटाएर लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने आफ्नो अभियान रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा कुरा गर्दै ढुङ्गानाले दोहन भइरहेको प्रजातन्त्र जोगाउनु आवश्यक रहेको बताए ।

देशमा रोजगार सृजना गरेर कृषिमा क्रान्ति गर्नु आफ्नो एजेण्डा रहेको उनलृ बताए । भक्तपुरमा अहिलेसम्म अपेक्षाकृत विकास हुन नसकेको औँल्याउँदै अब आफूले युवावर्गको हितमा काम गर्ने बताए । उनले युवाहरुलाई अग्रसर गराएर राजनीतिक दोषको पहिचान गर्ने बताए ।

भक्तपुरमा विकासको सम्भावना धेरै भएको बताउँदै उनले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । भक्तपुरका जनता आफ्नो पक्षमा रहेको बताउँदै उनले आफू लामो समय राजनीतिक लडाईको लागि लडेको दाबी गरे । सबै जनताको नजरमा आफु राम्रो उम्मेदवारको रुपमा रहेको उनको भनाई छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे आफ्नो मित्र भएको जानकारी दिँदै चुनावका बेला आफ्नै दलका उम्मेदवारलाई भोट माग्नुपर्ने बाध्यतामा विजुक्छे रहेको बताए । यद्यपि आफू जित्ने र उपलब्ध भएकामध्ये राम्रो उम्मेदवार भएकाले आफूलाई सहयोग गर्न उनले आग्रह गरे । नजित्ने उम्मेदवारलाई भोट माग्नुको कुनै अर्थ नरहेको उनको भनाई छ ।

भक्तपुरमा आफूलाई जित्नकै लागि काँग्रेसले पठाएको बताउँदै उनले आफूले चुनाव जितेपछि राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा रहने दाबी गरे । चुनावका बेला उम्मेदवारमाथि आक्रमण गरेको आरोप लागेका नेत्रविक्रम चन्दलाई उनले अराजक गतिविधि छोडेर चुनावमा आउन सल्लाह दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ