arrow

प्रशासन कार्यालयको भवन निर्माणमा अनियमितता रोक्न निगरानी समिति गठन

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
dang_district_map.png

तुलसीपुर (दाङ) । इलाका प्रशासन कार्यालय तुलसीपुर दाङले निर्माण गर्न थालेको कार्यालय भवन तोकेको समयमा गुणस्तरीय, पारदर्शित, मजबुत, बनाउनको  नागरिक स्तरीय रेखदेख तथा निगरानी समिति सोमबार गठन गरिएको छ इलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख उपसचिव धनबहादुर केसीको अध्यक्षतामा सो समिति गठन गरिएको हो । समितिको संयोजकमा वृद्ध सेवा समिति तथा जेष्ठ नागरिक समाज तुलसीपुरका संयोजक खुमान्द अधिकारी रहेका छन् ।

त्यसैगरी, समितिका सदस्यहरुमा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, तुलसीपुर उद्योग वाणिज्य सङका अध्यक्ष विरबहादुर रावत, संघका निर्वतमान अध्यक्ष एवम् समाजसेवी विमल रिजाल, राष्ट्रिय समाचार समितिका कार्यालय दाङका प्रमुख नारायणी रजौरे, तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी,  पुर्व प्रहरी संगठन तुलसीपुरका  अध्यक्ष खुशल आले, रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका उपाध्यक्ष बसन्त कुमार खड्की, ईलाका प्रशासन कार्यालय तुलसीपुरका यादव भुसाल ,तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेल लगाएतका रहेका छन् ।

सो अवसरमा बोल्दै कार्यालय प्रमुख केसीले निर्माण गरिन लागेको  संरचनालाई  तोकिएको समय भित्र गुणस्तरीय तरिकाले सम्पन्न गर्नको लागि मुल्याङ्न, रेखदेख एवम् निगरानी समिति गठन गरिएको बताए । उनले सो कार्यालय आम नागरिकको सम्पति रहेको र यस निर्माण कार्यमा सक्रिय भएर रेखगर्नु  सबैको दायित्व भएको समेत बताएका छन् ।

कार्यालयले हाल निर्माण गर्न थालिएको भवनमा २० कोठा र साढे दुई तल्लाको रहने छ भने लागत मुल्य भ्याट बाहेक २ करोड ४९ लाख ११ हजार रहेको छ भने सो भवन निर्माणको जिम्मेवारी जुद्ध एण्ड पुर्ण निर्माण सेवा प्रालि तुलसीपुर दाङले पाएको छ । निर्माण अवधि भने २ वर्ष तोकिएको छ । प्राविधिकको जिम्मेवारी भवन डिभिजन कार्यालय दाङले पाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ