arrow

काठमाडौँ ९ मा मिलनलाई जिताउन किशोर, मुमाराम र निरुपमा मैदानमा

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
milan-pandey.jpg

काठमाडौं ।  “अबको आशा, विवेकशील साझा” नाराको साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य सहित निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीले काठमाडौँको को चुनावी अभियानको दौरान घरदैलो र भेटघाट कार्यक्रम तिव्र बनाएको छ |

मंगसिर ४ गते बल्खुको कुमारी क्लबबाट सुरु भएको घरदैलो कार्यक्रम करिब ३ घण्टा बल्खु वरिपरी कै क्षेत्रमा चलेको थियो | घर दैलोको दौरान किशोर थापा र निरुपमा यादवले आफुहरुले स्थानीय निर्वाचनमा पाएको मत कै आधारमा आफुहरु अघि बढेको बताएका थिए| साथै, अब राजनीतिमा पुस्ता हस्तान्तरणको आवश्यकता रहेको भन्दै मिलन पाण्डे अनि नयाँ सक्षम नेतृत्वको लागि मत मागेका थिए|

कार्यक्रम कुमारी क्लब, बल्खुमा आएर कोणसभामा परिणत भएको थियो | कोणसभामा, किशोर थापाले अब सक्षम व्यक्तिहरु राजनीतिमा आउनुपर्ने अनि काम गर्नुपर्ने बताएका थिए । त्यस्तै  निरुपमा यादवले स्थानीय निर्वाचनमा पाएको माया यसपाली पनि पाउने अनि यसपाली चुनाव जित्ने कुरा राखेका थिए |

उक्त क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार मिलन पाण्डेले अब राजनीतिमा नयाँ सोच अनि नयाँ जोश चाहिएको कुरा दोहोराएका थिए| साथै, उनले अब राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने बताउदै आफु त्यहि नयाँ पुस्तालाई प्रतिनिधित्व गर्दै अघि बढेको कुरा राखेका थिए | उनले अहिलेसम्म तपाई हाम्रो मत खेर गयो अब मत खेर नफाल्न समेत अनुरोध गरे| उनले आफु संसदमा ननिदाउने अनि आफ्नो श्रीमती अनि सासुलाई कहिलै समानुपातिकमा नराख्ने भन्दा उपस्थित साथीहरुले ताली बजाएर स्वागत गरेका थिए|

उक्त कार्यक्रममा प्रदेशसभाका उम्मेदवार चक्र नेउपाने अनि सुरेन्द्र रानाभाटले समेत सम्बोधन गरेका थिए| साथै, अहिले मुमाराम खनाल समेत मिलन पाण्डे अनि टोलीलाई समेत जिताउन रणनैतिक रुपमा लागि परेका छन् | गत हप्ता रबिन्द्र मिश्र अनि रन्जु दर्शनाले समेत काठमाडौँ क्षेत्र नं ९ मा आएर मत मागेका थिए | विवेकशील साझाले यस क्षेत्रमा आफ्नो केन्द्रीय सदस्य अनि युवा नेता मिलन पाण्डेलाई उठाएकोले यो क्षेत्रलाई एकदम महत्वपूर्ण रुपमा हेरिदै छ|



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ