arrow

बाँके काँग्रेस होमियो चुनावी प्रचारमा

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
Samparka_office.jpg

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले बाँकेमा लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित भइसकेको बताएका द्छन् ।

नेपालगन्जका विभिन्न वडामा आईतबार आयोजित लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय स्थापना, चुनावी सभा तथा घरैदेलो कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले वाम गठबन्धनका उम्मेदवारहरु हारको मानसिकता बोकेर मतदातालाई प्रलोभन पार्ने काम गरिरहेको बताए ।

देशमा संकट पर्दा सधै नेपाली काँग्रेसलाई नेपाली जनताले साथ दिदै आएको स्मरण गराउँदै उनले अहिले पनि लोकतन्त्रलाई  नै संकट पार्न लागिएकोले जनताले साथ दिने विश्वास गरिन् ।

देशमा साम्यवाद र कम्यूनिष्ट शासन व्यवस्था ल्याउने एमाले र माओबादीको वाम गठबन्धनले घोषणा गरिसकेकाले लोकतन्त्रको रक्षाका निम्ती सबै नेपाली एक भएर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उनले मतदातासंग अपील गरेका थिए ।

सभापति कोईरालाले लोकतान्त्रिक गठबन्धनलाई जिताउन बाँकेमा सम्पूर्ण नेपाली काँग्रेसका नेता, कार्यकर्ता परिचालन भइसकेको दावी  गरे ।
 
यस्तै प्रचार अभियानमा राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। धवलसम्शेर राणाले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका निम्ती लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन सबै राष्ट्रवादी जनतालाई आग्रह गरे ।

देशमा कम्यूनिष्टहरुले साम्यवाद ल्याउने उद्घोष गरिसकेकाले यसको सबै लोकतन्त्रवादी शक्तिले मिलेर प्रतिवाद गर्नुपर्ने बताए  ।
 
सो क्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ९क० का उम्मेदवार निरन्जनसिंह सिजापति, प्रदेश सभा–२ ९ख० का उम्मेदवार सुरेन्द्र हमाल लगायतले बोलेका थिए ।
 
लोकतान्त्रिक गठबन्धनले आईतबार नेपालगन्ज उपमहानगरपालिका–२३ हिरमिनिया, वडा नम्बर ४ को बसपार्क र गणेशपुर क्षेत्र, वडा नम्बर १८ को कारकाँदो तथा वडा नम्बर ९ को बाँकेगाउँ लगायत क्षेत्रमा सम्पर्क कार्यालय उद्घाटन, घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको गठबन्धनका प्रचार संयोजक सुनिलसिंह हमालले जानकारी दिएका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगञ्ज आएर कार्यकर्ताहरुलाई संबोधन गरेपछि यहाँको असन्तुष्टी मत्थर भएर पार्टी एकढिक्का भै चुनावमा होमिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ