arrow

ओखलढुङ्गामै गएर माधवकुमार नेपालले गरे सिद्धिचरणको अपमान

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
madhav-kumar-nepal.jpg.jpeg

ओखलढुङ्गा । एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले युगकवि सिद्धिचरण श्रेष्ठको अपमान गरेका छन । ओखलढुंगामा भएको एमाले चुनावी आमसभामा बोल्दै नेपालले युग कवि सिद्धिचरण श्रेष्ठलाई एमालेको विल्ला भिराएका थिए ।  

हेलिकप्टर चढेर शनिबार ओखलढुंगा पुगेका नेता नेपालले सिद्धिचरणको नाममा एमालेलाई भोट मागे पछि सहित्यकारहरुले यसको कडा विरोध गरेकाछन । नेता नेपालले सिद्धिचरण श्रेष्ठको नाममा एमालेलाई भोट मागेकै दिन वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले युग कवि सिद्धिचरण श्रेष्ठ, सन्त कवि ज्ञान दिलदास र राष्टगानका रचनाकार व्याकुल माइला ओखलढुगाको मात्रै गौरव नभएर नेपालकै साँस्कृतिक धरोहर रहेको बताएका थिए ।

नेपाली लेखक संघका केन्द्रीय सचिव सोझो गाउँलले युग कविको नाममा भ्रमको खेती गरेर कुनै पनि पार्टीले आफ्नो अभिष्ट पुरा गर्नु नहुने बताए । सिद्धिचरण श्रेष्ठ  युगिन विचारक, स्वतन्त्र प्रेमी, प्रकृती र मानवतावादी कवि रहेकाले कुनै पार्टीको वाद, सिद्धन्त र झण्डा मुनी राखेमा युग कविको सम्मान होइन अपमान हुने बताए ।

चुनाव जित्नका लागी  यसरी राजनीतिक दलले राष्टका धरोहरहरुको नाम जोडर भोट माग्नुलाई स्रष्टाहरुको अपमानको रुपमा लिँदै सहित्यकारहरुले सर्वत्र निन्दा र विरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ