arrow

एमालेद्वारा नुवाकोटमा भटाभट आचारसंहिता विपरित काम 

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
dozar@chandadevi_2.jpg

नुवाकोट । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटमा आचारसंहिता उल्लङ्घनका गतिविधिहरु बढ्दै गएका छन् । आचरसंहिता विपरितका क्रियाकलाप नियमन र कारवाहीका लागि गठित सरकारी समितिको काम प्रभावकारी हुन नसकेका कारण निर्वाचनको संघारमा झनै बढी आचारसंहिता विपरितका काम हुन थालेको छ ।

यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले सम्वद्ध स्थानीय कार्यकर्ताहरुको अगुवाईमा वेलकोटगढी नगरपालिकाको वडा नम्वर १२ मा मतदाता प्रभावित वनाउने उद्धेश्यले डोजर प्रयोग गरी बाटो खन्न थालिएको छ । स्थानीय बासिन्दाहरुका अनुसार उक्त वडामा एमालेवाट निर्वाचित वडाध्यक्ष डिल्लिराम सिलवालको अगुवाईमा सोमवार विहानवाट चण्डादेवीदेखि विकटोलसम्म बाटो खन्न डोजर प्रयोग भईरहेको छ । 

सोही वडामा वेलकोटगढी नगरपालिकाको वजेट दुरुपयोग गरी बाटो खन्ने काम भईरहेकोमा सर्वत्र विरोध भईरहेका वेला फेरि अर्को ठाउँमा सोही प्रकृतिको काम हुनु एमालेको हेपाहा प्रवृत्ति भएको नेपाली काँग्रेस मदानपुरका नेता बद्री तिवारीले वताए । तिवारीले आचारसंहिता विपरितका मतदाता प्रभावित वनाउने काम रोक्न प्रशासन र निर्वाचन आयोग तयार नभए काँग्रेसका स्थानीय कार्यकर्ताहरु वाध्य हुने समेत चेतावनी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ