arrow

विभिन्न पार्टी परित्याग गरी ४०० जना काँग्रेस प्रवेश

मधेशको सच्चा सहयात्री नेपाली काँग्रेस : महेन्द्र यादव

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
mahendra_.jpg

धनुषा । मधेशको सच्चा सहयात्री नेपाली काँग्रेस भएको खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले बताएका छन् । धनुषा निर्वाचन क्षेत्र नं ४ काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार  यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने एमालेले राष्ट्रवादका नाममा विभिन्न भेग र समुदायका जनतालाई फुटाउने र विभाजन गर्ने प्रवृतीलाई यो चुनावबाट परास्त गर्नुपर्ने बताए।

क्षेत्र नं ४ अन्तर्गत पर्ने तुलसी र बडहरीमा आयोजित नेपाली कांग्रेस पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै यादवले संविधान संशोधन मार्फत मधेशलाइ अधिकार सम्पन्न बनाउनमा पनि एमाले  नै बाधक बनेको बताउँदै काँग्रेस वाहेक अरु कोहि मधेशको हुन नसक्ने भएकोले नेपाली काँग्रेसलाइ नै विजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा एमाले, माओवादीका दर्जनौ नेता कार्यकर्ता सहित करिब ४०० जना पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छ्न् । उनिहरुलाई धनुषा क्षेत्र नम्बर ४ नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार र क्षेत्र नम्बर ४ “ख“ का प्रदेश सभाका उम्मेदवार  बासुलाल महतोले अबिर माला लगाएर स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ