arrow

झुठको खेती गरेको भन्दै ३०० भन्दा वढी कार्यकर्ता काँग्रेस प्रवेश

लोकतन्त्र वचाउनको लागी नेपाली कांग्रेसमा मतदान गरौ : चौरसीया

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
dhanusa.jpg

वीरगंज । पर्साको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ अलौ वडा नं. १७ मा राजपा,  एमाले  र फोरम परित्या गरी ३०० भन्दा वढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राजपाबाट १७ नं. वडाका वडा अध्यक्षको पदमा चुनाव लडेका सन्जुबहादुर छतकुली सोमबार आफ्ना दल बलका साथ नेपाली कांग्रेस मा प्रवेश गरेका छन् । उनीसंगै एमालेका बुथ कमिटी का कार्यकर्ताहरु पनि एमाले पार्टी झुठको खेती गर्ने पार्टी हो र मधेश विरोधि भएको भन्दै नेपाली कांग्रेश मा प्रवेश गरेका छन् ।
 
राजपा का सन्जुबहादुर छतकुलीले भन्ने देश र मधेश को भलो गर्ने र मदेशको भलो चिताउने मदेश को मुद्धा उठाउने एक मात्र पार्टी नेपाली कांग्रेस भएको कारण हामीहरु कांग्रेसमा प्रवेश गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रम का प्रमुख अतिथी पर्साका क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसीयाले कम्युनिष्ट एकताले देश कब्जा गर्न खोजेको आरोप लगाउदै लोकतन्त्रको रक्षाको लागी भएपनि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताए ।

चौरसीयाले भने, 'ठुलो ठुलो मधेशवादी नेताहरु निस्केछन हिजो उपेन्द्र यादव जस्ता मधेश वादीहरुले  सतामा पुग्नलाई एमाले होस अथवा माओवादी होस हांत मीलाएर सतामा गयी हाल्छन उनीहरु लाई मधेश प्रति कुनै माया छैन उनीहरु केवल सता मा पुग्न यो खेल खेली रहेको कारण उनी हरु बाट सावधान हुन जरुरी छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ