arrow

प्रधानमन्त्रीले सुरक्षा निकायलाई भने– निर्धक्क मत खसाल्ने वातावरण बनोस्

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायलाई निर्धक्कसँग मत खसाल्ने वातावरण बनाउन फेरि निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले निर्वाचनविरोधि गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न पनि सुरक्षा निकायलाई सुझाए ।

मंसिर १० र २१ को प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनबारे काठमाडौंमा आयोजित प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै देउवाले निर्वाचनमा हुने सम्भावित घटना र निर्वाचन विरोधी गतिविधिलाई निरुत्साहित हुने गरी सुरक्षा व्यवस्थालाई सदृढ बनाउन पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।

गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले ‘चेन अफ कमान्ड’ भित्रै रहेर निर्वाचनमा उच्च सुरक्षा सतर्कता बढाउन समेत भनेका छन्  ।

सोमबार मात्रै काठमाडौं फर्किएका प्रधानमन्त्री देउवाले निर्वाचनको सुरक्षा चुनौतिलाई सामना गरेर अघि बढ्ने काममा सुरक्षा निकाय सफल भएको भन्दै सन्तोष व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ