arrow

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सहित १५ सय कार्यकर्ता काँग्रेसमा प्रवेश, देउवाले गरे स्वागत

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
deubas.jpg

डडेल्धुरा । डडेल्धुरा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की सहित १५ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्की सहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मि उप्रेती सहित १५ सय जना माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

 उनीहरुलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाएर कांग्रेसमा स्वागत रेका थिए । कार्यक्रमपछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको कांग्रेसमा आफुहरु प्रवेश गरेको बताएका थिए ।

 ‘माओवादीले हिजोको जनयुद्ध सबै पैसासँग साटिसक्यो’ पार्कीले भने, ‘अव यो मुलुकमा काँग्रेस बाहेक हरु राम्रा पार्टी नरहेकाले हामी कांग्रेस प्रवेश गरेका हौ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ