arrow

बामपन्थीले लोकतन्त्रको सम्मान गर्न सक्दैन : नेता पौडेल

logo
नारायण रिजाल,
प्रकाशित २०७४ मंसिर ४ सोमबार
ramchandra1.jpg

बागलुङ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा बामपन्थीले लोकतन्त्रको सम्मान गर्न कहिलै नसक्ने बताएका छन । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ को बृहत चुनावी सभालाई जिल्लाको गलकोटमा सम्बोधन गर्दै नेता पौडेललले कम्युनिष्टहरुले अहिलेको लोकतन्त्रलाई सम्मान गर्न नसकेका कारण देश धरासायीमा परेको बताए । पौडेलले आसन्न निर्वाचनमा देशलाई आर्थिक समृद्धिको बाटोमा लानका लागि सम्पु्र्ण जनताले नेपाली काँग्रेसको पक्षमा मतदान गर्ने विश्वास रहेको बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले देशको सबै बर्गलाई सम्मान  दिने खालको संविधान काँग्रेसको नेतृत्वमामा भएका कारण अवको हरेक कार्यको नेतृत्वनी काँग्रेसले नै लिने बताए । पौडेलले भने हामी देशका सबै डाँडा पाखामा समृद्धिको दियो बाल्ने उद्देश्ले लागेका छौ बामपन्थिहरु सत्ता मोहमा फस्न लागेका छन ।

 उनले अबको काँग्रेस विकासको नयाँ निति अबलम्ब गरेर अगाडि बढने बताए । सो क्षेत्रका काँग्रेसका उम्मेदवार निरज पुन, मञ्जेश बम मल्ल र जित शेरचनलाई भोट माग्दै पौडेलले हरेक समुदायको विकासका निम्ती नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको बताए पौडेलले कम्युनिष्टले विश्वमा कुनै पनि देशमा समृद्धि ल्याउन नसकेको आरोप लगाए । पौडेलले मुलुकको उन्नती र प्रगतीको लागि लोकतन्त्रप्रति विश्वास राख्न आग्रह गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ