arrow

विष्फोटमा संग्न भन्दै नुवाकोटमा विप्लव कार्यकर्ता प्रहरी फन्दामा

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
arest-new-a.jpeg

नुवाकोट । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ । आसन्न चुनावलाई असर गर्ने गतिविधिमा संलग्न रहेको भन्दै दुप्चेश्वर गाउँपालिका–६, समुन्द्रटारका २८ वर्षीय अनन्त धिताललाई प्रहरीले पक्राउ गरेको हो । उनी नेकपाको जिल्ला सदस्य भएको प्रहरीले जनाएको छ ।

गएको शुक्रबार ककनीमा बम विस्फोट गराएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरिएको बताइएको छ । यद्यपि, धिताल विष्फोटको घटनामा संलग्न भए, नभएको खुलिनसकेको नुवाकोट प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ