arrow

टांगीयाबस्तीको समस्या समाधान गर्ने मन्त्री मंसुरको उद्घोष

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
mansur1.jpg

कलैया । श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले टांगियाबस्तीमा देखिएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्ने बताएका छन् । जीतपुर सिमरा उमहानगरपालिका १६ को टांगीयाबस्तीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै मंसुरले भने हामी माथि बिश्वास गर्नुस त्यसको समस्या समाधान हामी गर्छौ ।

 नेकपा एमाले र माओवादी केन्द्रलाई विगत तीन दशक देखि विश्वास गर्नु भयो उसले केही गर्न सकेन मन्त्री मंसुरले भने अब तपाईहरुको समस्या नेपाली कांग्रेसले मात्र गर्छ । वाम गठबन्धनहरुले धेरै झुठो सपना देखाएर मत लिएर गयो तर विकास गर्न सकेको छैन नेपाली कांग्रेसमाथि विश्वास गर्नुस विकास पनि हुनछ समस्या पनि समाधान हुनछ ।

उनले भने, 'दोस्रो अन्तर्ष्ट्रिय विमानस्थल टांगीयाबस्तीमा नै निमार्ण हुने भएकोले नेपाली कांग्रेसलाई मत दिएर विजयी बनाउनुस बस्तीलाई स्थानान्तरण गरी उचित क्षतिपुर्ति नेपाली कांग्रेसले दिलाउंछ । जसरी सिमरा र पथलैयावासीलाई खानेपानी, अस्पतालको निमार्ण मैले गराए त्यसरी नै  टांगीयाबस्तीको पनि समस्या सामाधान गर्नेछु । पथलैयाबासी सुकुकबासीहरुलाई लालपुर्जा दिलाएको थिए त्यसरी नै टांगीयाबस्तीको समस्यालाई समाधान गर्नेछु । '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ