arrow

दूरसञ्चार प्राधिकरणमा पुरानै झा

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
jha.JPG

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष फेरि दिगम्बर झालाई नै बनाएको छ । मन्त्रिपरिषले झालाई नै अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । झाले एक कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। 

झाले फेरि पनि ५ वर्ष प्राधिरकणको नेतृत्व सम्हाल्नेछन् । मंसिर १८ गते कार्यकाल सकेर विदा बस्ने तयारी गरिरहेका झालाई देउवा सरकारले पुन: जिम्मेवारी दिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयमा गठित कार्यदलले झाले गरेका कामको लेखा–जोखा गरेपछि सरकारले त्यसैलाई टेकेर नियुक्त गरेको बताइएको छ ।

कार्यदलले झाको काम सन्तोषजनक भएको प्रतिवेदन दिएपछि सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उनैलाई फेरि नियुक्त गर्न भन्दै मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए ।

मन्त्रिपरिषदले नै कामको मूल्यांकन गरेर पुनःनियुक्ती गर्ने वा नयाँ आह्वान गर्ने भन्ने विषयमा अध्ययन गर्ने गरी कार्यदल बनाउने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ