arrow

आयोगसँग कड्कियो एमाले : कि आचारसंहिता उल्लंघन रोक्नुस कि सवैलाई छुट् दिनुस्

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
uml_news2.JPG

काठमाडौं । एमालेले निर्वाचन आचारसंहिता उल्लंघनमा तत्काल रोक लगाउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।

पोलिटब्युरो सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्य अग्नि खरेल नेतृत्वको टोलीले सोमबार आयोग पदाधिकारीलाई भेटेर आचारसंहिता उलंघन रोक्न ध्यानाकर्षण गराएको हो ।

आयोग पदाधिकारीलाई ध्यानाकर्षण गराएपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर एमालेले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा एमालेले सत्ताको आडमा भइरहेको आचारसंहिता उल्लंघन तत्काल रोक्न आयोगको गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिएको हो । एमाले पोलिटब्यूरो सदस्य अग्नी खरेल नेतृत्वको एमाले टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलगायत पदाधिकारीलाई भेटी आचारसंहिता उल्लंघनका घटनाहरुको फेहरिस्त प्रस्तुत गर्दै तत्काल रोक लगाउन ध्यानाकर्षण गराएको थियो ।

एमालेले काँग्रेसले सत्ताको दुरुपयोग गर्दै आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएको छ ।  निर्वाचन आयोगले के गरिरहेको छ ? प्रमुख आयुक्त यादवलाई गरिएको ध्यानाकर्षण उदृत गर्दै निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने, ‘कांग्रेसले गरिरहेको आचारसंहिता उल्लंघन तत्काल रोक्नुस्, यदी रोक्न सक्नुहुन्न भने अरु जस्तै हामीलाई पनि प्रचार गर्ने छुट दिनुस् ।’ एमालेको त्यस्तो ध्यानाकर्षणपछि प्रमुख आयुक्त यादवले उल्लंघन रोक्न आयोगले तत्काल सरकार र सम्बन्धित संचार माध्यमसँग कुराकानी गर्ने बताएको जनाइएको छ ।  

पत्रकार सम्मेलनमा पोलिटब्यूरो सदस्य खरेलले आचारसंहिता उल्लंघनका थुप्रै घटनाहरुको तथ्यसहित आयोगलाई अवगत गराएको जानकारी दिए । ‘हामीले स्थान नै किटान गरेर कसरी आचारसंहिता उल्लंघन भइरहेको छ भन्ने तथ्य आयोगलाई अवगत गराएका छौं’, खरेलले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ