arrow

३ दिनमा ३ हजार मतदाताले जनाए अनिललाई समर्थन, काँग्रेसमा प्रवेश

विकास र समृद्धीको मुद्दामा राजनीति अगाडी बढाउनुपर्छ : रुङ्गटा

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
rungta.jpg

वीरगन्ज। नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ बाट सांसद पदका उम्मेदवार अनिल रुङ्गटाले मुलुकमा विनासको राजनीतिक छोडी विकासको राजनीति हुनु पर्ने धारणा व्यक्त गरेका छन् । उनले आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुको नाम विक्री गरी सत्ताको शिर्ष स्थानमा चढ्ने अभिलासा राख्नेलाई जनतालाई पन्छाएर विकास र समृद्धीसँगै अधिकारलाई संस्थागत गर्ने उम्मेदवारलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस पर्साले सोमबार वीरगन्जको नगवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगपति समेत रहेका उम्मेदवार रुङ्गटाले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका विरहरुको शहादतलाई भर्याङ्ग बनाई सम्पत्ती जोडन पल्केकाहरुलाई जनताले आफ्नो मतबाट जवाफ दिने बताए ।

उनले धन आर्जनका लागि केही नेताहरु मधेस आन्दोलनलाई दुरुपयोग गरेको कारण ६ महिने मधेस आन्दोलन उपलब्धी विहिन भएको र काँग्रेसले संविधान संशोधन गरेपछि मात्र मधेसी जनताले थोरै भएपनि अधिकारको अनुभुति गर्न पाएको दावी गरे।

जनताको विश्वासलाई आन्दोलनका क्रममा क्षतविक्षेत पारी धन कमाउनेलाई मधेसी जनताले पहिचान गरी सकेको र मंसिर २१ गते हुने प्रतिनिधी तथा  प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गरी कडा जवाफ दिने सांसदका उमेदवार रुङ्गटाले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको राजनीतिक लाश केन्द्रित नभई विकास, समृद्धी केन्दित गर्दै मुलुकमा रहेको वेरोजगारीलाई समाप्त पार्नेतर्फ लाग्नु पर्ने विचार व्यक्त गर्दै, मुलुकको निकास र विकास काँग्रेसले नै दिन सक्ने भएकाले काँग्रेसको रुख छापमा मतदान गर्न मतदातालाई अपिल गरे।

कार्यक्रममा नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरेका दुई सय भन्दा बढीलाई नेपाली काँग्रेस पर्साका जिल्ला सभापति अजय कुमार द्विवेदी, क्षेत्र नम्बर १ बाट सांसद पदका उम्मेदवार अनिल रुङ्गटा, क्षेत्र नम्बर १ को (ख)बाट प्रदेश सभा पदका उम्मेदवार विजय सर्राफ, वीरगन्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की लगायतले टिका र फूलको  माला लगाई स्वागत गरेका थिए ।

रुङ्गटा सहितका नेताहरु चुनावी प्रचारमा रहँदा दिनदिनै पार्टी प्रवेशको लहर चलेको छ। विगत ३ दिनमा विरगञ्ज महानगरपालिकाको वडा नम्वर १४, १५, १६ र ३१ का विभिन्न ठाउँमा भएका कार्यक्रममा ३ हजारभन्दा बढी विभिन्न पार्टीका नवप्रवेशीहरुलाई रुङगटा सहितका नेताहरुले स्वागत गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ