arrow

प्रचण्ड निवासमा ओलीले सोधे– केटाकेटीले गुलेली खेल्या जस्तो बम पड्किरहेका छन्, सरकार के गर्दै छ?

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
deuba-oli-prachnd.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशभर भइरहेको विष्फोटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा ओलीले ध्यानाकर्षण गराएका हुन् । भेटमा देउवाले शान्ति सुरक्षा कायम गराउनेबारे आफु सचेत रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा समवेदना दिन पुगेका ओली र देउवाको भेट भएको हो । भेटमा प्रधानमन्त्री देउवालाई ओलीले यो विषयमा चासो राखेको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता पोलिटब्युरो सदस्य विष्णु रिमालले जानकारी दिए । उम्मेद्वारमाथि निरन्तर भइरहेको आक्रमणबारे एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको रिमालले बताए ।  

समवेदनाका लागि प्रचण्ड निवास पुग्दा अध्यक्षको प्रधानमन्त्रीज्यूसँग भेट भयाे, रिमालले भने, ‘अध्यक्षले केटाकेटीले गुलेली चलाए जसरी बम र ग्रिनेड पड्किदाँ सरकार के हेरेर बसेको छ सोच्नु भयो ।’ ‘उम्मेदवारकै सुरक्षा गर्न सक्नु भएन भने कसरी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नुहुन्छ’ –ओलीले सोधेको कुरा रिमालले सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ