arrow

ओलीले सोधेको केही घण्टामै देउवाले सुरक्षा प्रमुखलाई यस्तो दिए निर्देशन

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
deuba_force.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले सोधेको केही घण्टामै सुरक्षा निकायका प्रमुखहरुलाई तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिएका छन् ।

धनगढीबाट काठमाडौँ फर्किए लगत्तै समवेदना दिन माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास छिरेका प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले ‘केटाकेटीले गुलेली चलाए जस्तै बम र ग्रिनेड पड्किरहेका छन्, सरकार के गर्दै छ ?’ भनि सोधेका थिए ।

त्यसको केही घण्टामै प्रधानमन्त्री देउवाले पूर्वनिर्धारित कार्यक्रम अनुसार चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार डाकेर चुनावी सुरक्षा चुनौतिलाई सम्बोधन गर्नेगरी तत्काल रणनीति तय निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसँग सामूहिक छलफल गरे । छलफलमा उनले निर्वाचनको सुरक्षा चुनौती सम्बोधन हुनेगरी तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिए ।  

सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्रीलाई निर्वाचनको सुरक्षा योजनाबारे ब्रिफ गरेका थिए । निर्वाचनको सुरक्षा चुनौतीलाई सम्बोधन गर्ने रणनीति तत्काल तय गर्न प्रधानमन्त्रीले निर्देशन दिएको गृह सचिव मोहनकृष्ण सापकोटाले बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले आज चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई चुनावी सुरक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएको सचिव सापकोटाले जानकारी दिए ।

छलफलमा मुख्य सचिव लोकदर्शन रेग्मी, गृह सचिव सापकोटा, नेपाली सेनाका बलाधिकृतरथि पूर्णचन्द्र थापा, प्रहरी प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी सहभागि भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ