arrow

युवादेखि पाकाहरुसम्मको रोजाई काँग्रेस नेता भरत न्यौपाने

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
bharat_nyaupane.jpg

काठमाडौं । पारिवारिक कारण राजनितीमा चासो बढ्यो उनको । बुबा राजनीतिक पृष्ठभूमिमा रहेकाले उनलाई पनि राजनीति बुझ्न खासै गाह्रो भएन । वि.सं.२०२६ सालबाट सक्रिय राजनीति सुरु गरे भरतबहादुर न्यौपानेले । उनी नेपाली काँग्रेसका अग्रज नेतामध्ये एक हुन् । दाङमा पुराना नेतामध्ये आफूलाई स्थापित गरेका न्यौपाने धेरै पटक अवसरबाट बञ्चित भए । उनले पार्टीकालागि पुर्‍याएको योगदानको कदर खासै भएन । उनलाई धेरै अवसरबाट वञ्चित बनाईयो । 

२०२६ सालदेखि अनवरत रुपमा राजनीतिमा होमिएका भरतबहादुर न्यौपानेले २०३६ सालमा भएको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरे । पार्टीमा निरन्तर लागिपरेका न्यौपाने विभिन्न समयमा भएको प्रजातान्त्रिक आन्दोलनहरुको नेतृत्व गर्न पनि कहिले पछि हटेनन् । पार्टीको धेरै पटकको महाधिवेशनबाट उनी महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भए । उनी २०५१ सालमा नेपाली काँग्रेसको क्षेत्रीय सभापति भएर काम गरेका न्यौपाने सभापति हुँदा देशको संक्रमणकालीन अवस्थामा पनि पार्टीको नेतृत्व गरिरहे ।

जिल्ला कार्यसमितिको पनि जिम्मेवार पदमा बसेर न्यौपानेले पार्टीकालागि काम गरे। उनी काँग्रेस भएकै कारण धेरैपटक विभिन्न पक्षबाट जोखिम परे तर कहिले पनि पार्टीकालागि पछि हटेनन् । उनी सधैँ सत्यको पक्षमा भएर जिम्मेवारी सम्हाले । उनले काँग्रेस भएकै कारण २०५० सालमा एमालेको सांघातिक आक्रमणबाट घाईते भए । उनको लामो उपचारपछि स्वास्थ्यमा सुधार आएको थियो । तत्कालीन समयमा माओवादीले युद्धको समयमा सुराकीको आरोपमा माओवादीले उनलाई अपहरण गर्‍यो । उनी त्यो समयमा पटक पटक अपहरणमा परिरहे । उनलाई धेरै समयमा यातना दिईयो । सधैजसो माओवादीले त्यो समयमा धम्क्याउने र विस्थापित गराउन खोज्दा पनि सधै गाउँमा नै बसिरहे । 

भरतबहादुर न्यौपाने बुबा स्व. जुद्धबहादुर न्यौपानेबाट प्रेरित भएर राजनीतिमा लागे । जुद्धबहादुर न्यौपाने काँग्रेसका संस्थापक नेता हुन् । उनी प्रजातान्त्रिक सेनानीको रुपमा पनि परिचित छन् । उनै बुबाबाट प्रेरित भएर राजनीति सुरु गरेका भरतबहादुर न्यौपाने २०५१ सालदेखि हालसम्म भएका प्रतिनिधि सभा सदस्यकालागि एवं स्थानीय निर्वाचनकालागि धेरै पटक नाम सिफारिस भयो तर उनलाई टिकट कहिले पनि पार्टीले दिएन । तर उनी धैर्यताका साथ निरन्तर ईमान्दारिताका साथ लागिरहे । बनारसको हिन्दु विश्वविद्यालयबाट स्नातक तह उतीर्ण गरेका न्यौपाने शालीन एवं ईमान्दार नेताको रुपमा परिचित छन् । नम्र स्वभावका नेता न्यौपाने आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । नेपाली कांग्रेसको तर्फबाट उनी उमेद्वार बनेका हुन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश २ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका न्यौपाने यसपटकको निर्वाचनमा विजयी हासिल गर्ने उद्धेश्यका साथ होमिएका छन् । 

लामो समयको मेहनतको फल स्वरुप निर्वाचनमा उम्मेदवार बन्ने मौका पाएका भरतबहादुर यस पटक जित हासिल गर्दै प्रदेश सभामा सांसद बन्ने दाउमा छन् । उनी आफ्नै निर्वाचन क्षेत्र नम्बरबाटै निर्वाचनमा होमिएका छन् । न्यौपानेको घर घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर हो । उनी हापुरका लोकप्रीय नेता हुन् । हापुरबासीमाझ लोकप्रिय नेता रहेका न्यौपाने यसपटक यस क्षेत्रबाट विजयी हुने प्रायः निश्चित छ । उनी भद्र एवं शालीन भएका कारण पनि धेरै मतदाताको रोजाईमा छन् । यसका साथै उनी सामाजिक पदमा नहुँदा पनि सधै जनताको समस्या सधै अगाडि बढेर सहयोग गरे र गर्छन् पनि । उनको भनाई अनुसार सधैँ गोजीमा एउटा कलम र खाली पाना हुन्छ । किनभने कसैलाई केही समस्या परेमा केही विकासका काम आवश्यक भएको भनेर जनताबाट जानकारी आएमा निवेदन लेख्नकालागि हो त्यो पाना र कलम । 

लामो समयसम्म गाँउले जीवन विताएका न्यौपाने ग्रामीण भेगका बासिन्दाहरुको समस्या बुझेका न्यौपानेले चुनावी प्रचारहरुमा आफू ग्रामीण भेगको व्यक्ती रहेको भन्दै आफूलाई हरेक गाँउको समस्या अनुभव भएको र त्यो समाधान आफू विजयी भएर गएपछि गर्ने बताउछन् । न्यौपाने यस क्षेत्रका लोकप्रिय र बलिया उम्मेदवार हुन् । उनी जातिको हिसाबले क्षेत्री हुन् तर उनको धेरै आत्मीयता चौधरी समुदायसँग छ । उनी विशेष गरी चौधरी समुदायमा भिजेका व्यक्ति हुन् । सानैदेखि थारु समुदायमा हुर्किएका न्यौपाने अहिले पनि थारु जाति भनेपछि हुरुक्क हुन्छन् । धेरै थारु अगुवाहरुसँग उनको दोस्ती नै छ । उनी थारु समुदायमा लोकप्रिय छन् । भरतलाई हापुरमा सबैले भरत बाबुको नामले चिन्छन् । हापुरबासीहरु यसपटक आफ्नो ठाँउको नेता भएकाले पनि भरतबहादुर न्यौपानेलाई विजयी बनाउने हो भनेर एकढिक्का भएर लागेका छन् । उनले आफू विजयी हुने निश्चितजस्तै भएको बताउछन् । न्यौपानेले आफू विजयी भएर गएमा मतदाताहरुलाई भेट्न नफर्कने नेताहरुको व्यवहार भएको भन्ने मतदाताहरुको गुनासो गर्ने बाटो नराख्ने बताउछन् । 

आफू विजयी भएर गएपनि सधै मतदाताहरुको पक्षमा सँगसँगै सुखदुखमा साथ दिईरहने बताउछन् । ‘म विजयी भएर गएपनि सधै तपाईँहरुको माझमा हुनेछु सबै तपाईँहरुको सुखदुखमा साथ दिँदै अगाडि बढ्ने छु’ न्यौपानेले आफ्नो क्षेत्रमा भएका विभिन्न कार्यक्रमहरुमा भन्ने गर्छन् –‘म चुनाव जितेर गएपछि तपाईहरुमाझ खाली हात आउने छैन, सडक नपुगेको ठाँउमा सडक लिएर आउनेछु, विजुली नभएको ठाँउमा पोल र तार लिएर आउने छु, खानेपानी समस्या भएको ठाँउमा खानेपानी योजना ल्याएर आउनेछु, सिँचाई गर्ने पानी तपाईँको खेतबारीमा पु¥याउनेछु ।’ 

न्यौपानेले आजभोलि चुनावी प्रचारमा रहेका छन् । पाका नेतादेखी युवाहरुको साथमा उनी मत माग्न गाँउगाँउमा पसेका छन् । युवादेखि अग्रज पाका नेतासम्म उनी लोकप्रिय र रोजाईमा छन् । उनी सबै मतदाताहरुसँग आश्वासनका कुराभन्दा पनि आफूले गर्नसक्ने कामहरुको बारेमा बढी कुरा गर्छन् । स्थानीय नेता आफू भएकाले यो क्षेत्रको विकासमा आफू सम्वन्धित ठाउँमा पुगेपछि यो क्षेत्रलाई समृद्ध बनाउनकालागि लागिपर्ने बताउछन् । उनी सबै मतदाताहरुलाई भन्छन्–‘तपाई मलाई मत दिए जिताउनुन्, म तपाईलाई विकास दिने छु । यो क्षेत्रलाई समृद्ध बनाउनकालागि म सधै लागिपर्ने छु । सधै तपाईहरुसँगै हुने छु । तपाईहरुको सुखदुखमा सधै सँगै हुनेछु ।’ न्यौपानेले मंसीर २१ गतेको निर्वाचनमा आँफ् विजयी सुनिश्चीत भएको बताउछन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ